IME Life New

संसदमा अर्थमन्त्रीको बयानः विधि, नीति र व्यवसायिक सम्भावनाको आधारमा लगानी गरौं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली शेयर बजार मूल्य लगातार घटेकै सन्दर्भमा संसदमा धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६ माथि छलफल सम्पन्न भएको छ । सोही छलफल कार्यक्रममा संसदमा पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा उभिएर पुँजि बजार घट्नुको कारण तथा लगानीको सम्बन्धमा आफ्नो प्रष्टिकरण पेश गरेका छन्।

अर्थमन्त्री डा. खतिवडाले संसदमा बोल्दै भने, ‘केही समयदेखि पुँजि बजार घटेको सन्दर्भमा पनि प्रश्न उठेको छ, विश्वव्यापी रुपमा प्रभाव पारेको कोरोना लगायतबाट शेयरको मूल्य घटेको हो ।’ अर्थमन्त्री डा. खतिवडाले पुँजि बजारमा आपसी प्रतिस्पर्धाबाट मूल्य निर्धारण हुने बताए । उनले आफ्नो कारणले बजार नघटेको आशय व्यक्त गर्दै भने, ‘जुन कम्पनीको शेयर कारोबार गर्ने हो, त्यो कम्पनीको भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर शेयर खरिद गर्ने हो । सरकारले नीति नियम कस्तो बनाउँछ र त्यसको कार्यान्वयन कस्तो हुन्छ भनेर शेयर कारोबार गर्ने हो । त्यसमा व्यक्ति विशेष जो आएपनि गएपनि शेयर बजार प्रभावित हुनु पर्दैन ।’

Esewa
Crest

विधि र नीति तथा व्यवसायिक सम्भावनाको आधारबाट शेयरको मूल्य र कारोबार बढ्ने र घट्ने स्थिति रहने अर्थमन्त्री डा. खतिवडाले बताए । उनले कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र नै अस्थिरता उत्पन्न भएकोले शेयर बजारमा केही उथल पुथल देखिएको बताउँदै अल्पकालिन र यसैका आधारमा हेरेर दीर्घकालिन रुपमा योजना बनाउनु उपयुक्त नहुने बताए । विश्व बजारमा अनिश्चितता छ । कोरोनालगायतको कारणबाट शेयर बजारमा उथल पुथल देखिएको समेत बताएका छन् ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र नियमनकारी निकायलाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न धितोपत्र सम्बन्धी विधेयक संशोधन गरिनु परेको बताए । उनले भने, ‘प्रभावकारी नियमन, प्रणालीलाई व्यवस्थित गर्न ऐन अघि बढाइएको हो ।’

संसदमा अर्थमन्त्री डा. खतिवडाले साना र मझौता लगानीकर्ताहरुलाई समेत शेयर बजारमा लगानीको अवसर दिइएको बताउँदै पुँजि बजार पुँजिपतिहरुको मात्रै बजार नभई आम सर्वसाधारणले सानो सानो पुँजि लगानी गर्न सक्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS