IME Life New

संखुवासभामा प्राधिकरणको बीमा सचेतना कार्यक्रम, समयमै दाबी नपाए उजुरी गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले समयमै दाबी रकम नपाए बीमा प्राधिकरणको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा उजुरी गर्न सकिने बताएका छन्।

संखुवासभाको चिचिला गाउँपालिकामा सोमबार बीमा प्राधिकरणले आयोजना गरेको बीमा सचेतना कार्यक्रममा उपनिर्देशकले उपस्थित सहभागीले राखेको प्रश्नमा यस्तो जबाफ दिएका हुन्। कार्यक्रममा सभापतिसमेत रहेका महर्जनले भने, ‘दाबी गर्दा समयमै भुक्तानी नपाए बीमा प्राधिकरणको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा उजुरी वा जानकारी दिन सकिन्छ।’

Esewa
Crest

न्यायोचित दाबी नपाए पनि प्राधिकरणमा उजुरी गर्न महर्जनले आग्रह गरे। ‘अलैंची तथा कफी बीमाको विस्तृत जानकारीका लागि बीमा कम्पनीसँग बुझ्न सकिन्छ’, उनले ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक, किसान, विद्यार्थी, शिक्षक, बीमा कम्पनीका प्रतिनिधि गरी ८५ जनाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक सचिन राईले गरेका थिए।

कार्यक्रममा बीमाको महत्व, जोखिम व्यवस्थापन, बीमाका प्रकार, बीमा गर्दा ध्यान दिनुपर्ने कुरा, बीमाको दाबी प्रक्रिया, सरकारबाट बीमा प्रवर्द्धनका लागि गरिएका प्रयास बीमाको विकासमा स्थानीय तहको भूमिका, स्थानीय सरकारलाई बीमा प्राधिकरणले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो।कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले आफूले जीवन बीमा र पसलको बीमा गरेको बताए। पसलमा असिनापानीले क्षति पुर्याउँदा दाबी पाउन झन्झट व्यहोर्नुपरेको अनुभव पनि उनले सुनाए। ‘तीन महिनापछि बल्ल दाबी रकम पाएँ’, उनले भने।

अध्यक्ष शेर्पाले अबको नीति तथा कार्यक्रममा कृषि बीमा समेटेर लग्ने बताए। ‘गाउँपालिकादेखि वडा तहसम्मका जनप्रतिनिधि र कर्मचारीको दुर्घटना बीमा गर्ने विषयमा छलफल गर्छौं’, उनले भने।

सोही दिन प्राधिकरणले मत्स्यपोखरी गाउँपालिका–३ पाख्रिबास बलौटेस्थित सरस्वती माविमा पनि बीमा सचेतना कार्यक्रम गरेको थियो। कार्यक्रममा कक्षा ८, ९ र १० मा पढ्ने ८५ जना विद्यार्थी र शिक्षकको सहभागिता थियो।विशेष अतिथि प्रधानाध्यापक भूमिकुमार राई र सभापति बीमा प्राधिकरणका उपनिर्देशक महर्जन रहेका कार्यक्रममा प्रस्तुतीकरण सहायक निर्देशक सचिन राईको रहेको थियो। कार्यक्रममा विद्यार्थी र शिक्षकले बीमासम्बन्धी राखेका जिज्ञासाको उत्तर उपनिर्देशक महर्जनले दिएका थिए। महर्जन शिक्षक र विद्यार्थीलाई दुर्घटना बीमा गर्न आग्रह गरेका थिए। उनले अभिभावकको जीवन बीमा र कृषि तथा सम्पत्ति बीमा गर्न विशेष जोड दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS