IME Life New

संकटमा परेको विश्वकै दोस्रो ठूलो अर्थतन्त्रलाई राहत, निर्यातमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले विगत केही वर्षदेखि खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ। यसैबीच चीनको अर्थतन्त्रमा केही सुधार देखिएको छ।

वास्तवमा व्यापार तनावको बाबजुद मे महिनामा चीनको निर्यातले विश्लेषकहरुको अपेक्षालाई नाघ्यो। तर, यो अवधिमा आयात भने घटेको छ। भन्सारको तथ्यांकअनुसार वैशाखमा निर्यात वार्षिक आधारमा ७.६ प्रतिशतले बढेर ३०२ अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ। आयात १.८ प्रतिशतले बढेर २१९ अर्ब ७३ करोड डलर पुगेको छ। जुन करिब ४ प्रतिशतको अनुमानित वृद्धिभन्दा कम हो।

Esewa
Crest

बलियो निर्यातका कारण चीनको व्यापार बचत पनि ८२.६२ अर्ब डलर पुगेको छ। जुन अप्रिलमा ७२.३५ अर्ब डलर थियो। चीनले अमेरिका र युरोपसँग बढ्दो व्यापारिक तनावको सामना गरिरहेको बेला चीनको निर्यातमा वृद्धि भएको हो। अमेरिकाले चीनमा बनेको विद्युतीय कारमा शुल्क बढाएको छ भने युरोपले पनि यस्तै शुल्क लगाउने विचार गरिरहेको छ।

गत हप्ता सार्वजनिक गरिएको एक आधिकारिक सर्वेक्षणअनुसार चीनमा कारखाना गतिविधिहरु मे महिनामा अपेक्षितभन्दा सुस्त थिए। ‘चाइना फेडेरेसन अफ लजिस्टिक एन्ड पर्चेजिङ’द्वारा जारी गरिएको उत्पादन खरिद व्यवस्थापन सूचकांक अप्रिलको ५०.४ बाट घटेर मे महिनामा ४९.५ पुगेको छ। यसको ५० भन्दा माथिको स्कोर भनेको गतिविधिमा विस्तार हुनु र ५० भन्दा कम स्कोरको अर्थ संकुचन हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS