IME Life New

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले मात्रै थप एक मोबाइल ल्याउँदा छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारसँग श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै थप एक मोबाइल ल्याउन पाउने भएको छ । भन्सार विभागले विदेशबाट फर्किदा थप एउटा मोबाइल ल्याउन दिने गरि मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई व्याख्या गर्दै विदेशबाट फर्किने अन्य नागरिकलाई भने उक्त छुट नदिएको जनाएको छ । यसअघि बैशाख २६ गते बसेको मन्त्रीपरिषदको निर्णयले भने विदेशबाट आउँदा थप एक थान मोबाइल सेट ल्याउँदा कुनै महशुल नपर्ने निर्णय गरेको थियो ।

विदेशबाट फर्किएका जो सुकै यात्रुहरुले साथमा ल्याउन र लैजान पाउने निजि प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशबाट फर्किने यात्रुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नुपर्ने भन्सार विभागले जनाएको छ । सोहि सुविधा अनुसार उक्त फोन नेपाल दुरसञ्चार प्राधिकरणको मोबायल डिभाइस म्यानेजमेनट सिस्टम (एडीएमएस) मा व्यक्ति स्वयमले अनलाइनबाट दर्ता गर्नुपर्ने छ । पहिलो फोनमा सबैले छुट पाउने भएपनि दोस्रो फोनको हकमा भने वैदेशिक रोजगारीमा ६ महिनाभन्दा बढी काम गरेर फर्किएकाहरुले मात्रै भन्सार पाउने विभागले जनाएको छ ।

Esewa
Crest

भ्रमणमा गएर फर्किएका, वैदेशिक अध्ययनबाट फर्किएका र अन्य प्रयोजनमा विदेश गएर नेपाल फर्किएकाहरुले ल्याउने दोस्रो फोनमा भने भन्सार महसुल लाग्नेछ । दोस्रो फोनको भन्सार प्रक्रिया पूरा गर्दा तोकिएको महसुल तिरेपछि प्रज्ञापन पत्र पाइने र त्यही पत्र अनुसार एमडीएमएसमा दर्ता हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS