IME Life New

शेयर र रियलस्टेट धितोमा ऋण प्रवाह कडाई गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्यमान शेयर धितोमा ऋण पाउने व्यवस्थालाई केन्द्रीय बैंकले संशोधन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीति अनुसार शेयर धितोमा ऋण प्रवाहमा कडाई गर्न लागेको हो । नेपाल राष्ट्रले हिजो जारी गरेको मौद्रिक नीतिको समीक्षाको बुँदा नं ६८ मा भनिएको छ, ‘व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।’

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा र व्यतिगत अतिविकर्श कर्जा सम्बन्धि व्यवस्थामा पुनरावलोकन हुने प्रष्ट पारेको छ । बैंकमा थुप्रिएको तरलता जथाभावी ति तीन वटा क्षेत्रमा कर्जा प्रवाह भएको विश्लेषण गर्दै केन्द्रीय बैंकले कडाई गर्न लागेको हो ।

Esewa
Crest

मौद्रिक नीतिको समीक्षापछि अबको केही दिनभित्र जारी हुने निर्देशनमार्फत मौद्रिक नीतिमा समीक्षा गरिएका नयाँ व्यवस्था लागू हुने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS