IME Life New

शेयर मूल्य बढाउन कम्पनीहरुबीच ‘प्राइस वार’, अबको सुधार कतिसम्म ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झण्डै डेढ महिनाको करेक्सन पछि शेयर बजार पुनः सर्वाधिक उचाइमा पुगेको छ । यस अगाडि नेप्से सूचक फागुन ९ गते सर्वाधिक उचाइमा थियो । फागुन ९ गते यता २५१ अंकको करेक्सन पछि बजार पुनः पुरानै लयमा फर्केको छ ।

गएको केहि दिनदेखि बीमा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ । कम्पनीहरुले आफ्नो शेयर मूल्य बढाउन प्राइस वार गरिरहेको नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको विश्लेषण छ । दोस्रो बजारमा मूल्य बढाउन कतिपय कम्पनीहरुले अनावस्यक रुपमा हकप्रदको अस्त्र प्रयोग गरिरहेको अर्यालले आरोप लगाए । उनले भने ‘शिखर इन्स्योरेन्स कम्पनीले पछिल्लो समय पूँजी आवस्यक परेर भन्दा पनि दोस्रो बजारमा मूल्य बढाउन ल्याएको हो । त्यस्तै केहि कमजोर कम्पनीहरुले पनि आवस्यकता भन्दा धेरै पूँजी संकलन गर्न खोजिरहेका छन् ।‘

Esewa
Crest

उनका अनुसार दोस्रो बजारमा आफ्नो मूल्य टिकाउन जस्ता सुकै बीमा कम्पनीहरुले हकप्रद शेयरको अस्त्र प्रयोग गरेर प्राइस वार गरिरहेका छन् । बीमा कम्पनीहरुले पूँजी बढाउन आफैमा नराम्रो होइन । तर शेयरधनीको तर्फबाट हेर्ने हो भने एक अर्ब भन्दा कम विजनेस भएका कम्पनीहरुलाई पनि कित एक अर्ब भन्दा बढि पूँजी चाहियो भनेर प्रश्न गरिरहेका छन् ।

कम्पनीहरुले पूँजी संकलन व्यवसाय पनि बढाउन सके भने प्रतिशेयर आम्दानी बढ्छ होइन भने भोलिका दिनमा प्रतिशेयर आम्दानी सबैभन्दा कमजोर हुन्छ साथ साथै दोस्रो बजारमा कम्पनीको शेयर मूल्य थप तल झर्ने विश्लेषकहरु बताउछन् । अर्को तर्फ कतिपय कम्पनीहरुले साधारणसभाबाट संस्थापक शेयरलाई सर्वसाधारणमा कन्भर्ट गरिरहेका छन् । सर्वसाधारणमा कन्भर्ट भएको शेयरलाई महंगोमा बिक्री गर्न पनि संस्थापकहरुले शेयर मूल्य बढाउन हकप्रदको अस्त्र प्रयोग गरिरहेको अर्यालको टिप्पणी छ ।

कनर्भर्जन भएको शेयर महंगोमा बिक्री गरेर त्यहि पैसा हकप्रदमा लगानी गर्न कतिपय संस्थापकहरुले रणनीति खेलिरहेका छन् । संस्थापक शेयरको भ्यालु धेरै नै कम हुने भएकाले लगानीकर्तालाई फाइदा हुँदैन । तर नियम अनुसार शेयर कन्भर्ट गरेर त्यहि शेयर दोस्रो बजारमा बिक्री गर्दा उनिहरुले दोहोरो फाइदा उठाउन सक्छन् । अधिकाम्स बीमा कम्पनीमा गरिएको लगानीबाट प्रत्यक्ष रुपमा लाभांस पाउन सक्ने अवस्था छैन । त्यसैले गर्दा संस्थापक शेयरधनीहरुले दोस्रो बजारबाट कमाइरहेका छन् ।

बीमा कम्पनीहरु सँग सँगै बाणिज्य बैंकहरुले पनि मर्जरको हल्ला चलाएर प्राइस वार गरिरहेका छन् । दोस्रो बजारमा राम्रो बाणिज्य बैंक सँग कमजोर बाणिज्य बैंक मर्ज हुने हल्लाले मूल्य बढाउन खोजिएको देखिन्छ । दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुने, नविल बैंक र नेपाल बैंकलादेश विचमा मर्जर हुने, सनराइज बैंक र एनआईसी एशिया बैंक विचमा मर्जर हुने,  युनाइटेड फाइनान्सलाई नविल बैंकले प्राप्ती गर्ने लगायतका मर्जरका हल्लाले मूल्य बढिरहेको छ ।

केहि समय अगाडि किसान माइक्रोफाइनान्सले सत प्रतिशत हकप्रद निष्काशन गर्ने सूचना सार्वजनिक गरेर मूल्य बढाउन खोजेको थियो । तर नेपाल राष्ट्र बैंकले हकप्रद निष्काशन गर्नै नपाउने अवस्थामा किन घोषणा गरेको भन्दै फिर्ता लिए पछि कम्पनीले फिर्ता लिएको थियो । यदि किसाले हकप्रद निष्काशन गर्ने उक्त प्रस्ताव अहिलेसम्म कायम रहेको भए लघुवित्तको शेयरमा अहिले बढाबढ भैइरहेको हुन्थ्यो ।

बीमा कम्पनीले बढाइरहेको बजारलाई तेस्रो त्रैमाशको वित्तीय विवरणले पनि तानिरहेको छ । लगानीकर्ताले तेस्रो त्रैमाशका लागि आवस्यक पर्ने व्याज तथा किस्ता दोस्रो बजारबाट उठाइसकेका छन् । यो सातासम्म शेयर बिक्री गर्नेले तेस्रो त्रैमाशका लागि आवस्यक पर्ने व्याज र कित्ता जोहो गर्न सक्छन् । तर स्मार्ट लगानीकर्ताले गएका दिनमा नै शेयर बिक्री गरेर उक्त रकम जोहो गरिसकेका छन् । अहिलेको समयमा शेयर बिक्री गर्दा खासै मुनाफा नहुने भएकाले अधिकाम्स लगानीकर्ताले बैशाख पहिलो सातासम्ममा बिक्री गर्ने गरि कारोबार गरिरहेका छन् ।

तेस्रो त्रैमाशिक वित्तीय विवरणले सम्बन्धित कम्पनीले यस आर्थिक वर्षको मुनाफाबाट कतिसम्म लाभांस दिन सक्छ भनेर अनुमान गर्न सक्छन् । हरेक वर्ष चैत अन्तिम साता र बैशाख पहिलो सातालाई बजार सुधार हुने साताको रुपमा लिइन्छ ।

बैंक तथा वित्तीय संस्थामा बैशाख लाग्न थाले सँगै कर्जाको माग खासै हुँदैन । कर्जाको माग नहुँदा बैंकमा तरलता विस्तारै थुप्रिदै जान्छ । धेर थोर व्याजदर पनि घट्ने भएकाले यसको प्रत्यक्ष असर शेयर बजारमा पर्छ । यस साता बीमा कम्पनीको शेयरले बजार उचाले पनि अर्को सातादेखि बैंक तथा वित्तीय संस्थाको शेयरले बजार उचाल्ने भएकाले केहि समयमै नेप्से सूचक तीन हजार नाघ्ने विश्लेषकहरु बताउछन् ।

अझै पनि कतिपय बाणिज्य बैंकको शेयर मूल्य अण्डर भ्यालु छ । चार वर्ष अगाडी नेप्से सूचक सर्वाधिक हुँदाको समयमा बाणिज्य बैंकको शेयर खरिद गरेकाहरु अझै पनि नोक्सानमा छन् । कतिपय बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य हकप्रद तथा बोनस शेयर खाएर पनि नोक्सानमै देखिन्छ । यसले गर्दा पनि बाणिज्य बैंकहरुको मूल्य बढ्ने सम्भावना बाँकी रहेको विश्लेषकहरु बताउछन् । बाणिज्य बैंक वास्तविक रुपमा सुधार हुने हो भने नेप्से सूचक तीन चार हजार पुग्न खासै समय लाग्दैन । तर बाणिज्य बैंकको शेयर सप्लाइ तुलनात्मक रुपमा अन्य कम्पनीको भन्दा धेरै छ । सप्लाइ धेरै भएकाले लगानीकर्ताले दोस्रो बजारमा सजिलै खेल्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS