IME Life New

शेयर बजार घट्दा म्युचुअल फण्डको नोक्सान चुलियो, चैतसम्ममा एक अर्ब ८७ करोड रुपैयाँ घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आउदा म्युचुअल फण्ड चरम नोक्सानमा देखिन थालेका छन् । चैत महिनाको न्याभ रिपोर्ट अनुसार म्युचुअल फण्डहरुको नोक्सान एक अर्ब ८७ करोड रुपैयाँ रहेको छ । न्याभ रिपोर्ट सार्वजनिक गरेका २५ म्युचुअल फण्ड मध्ये १७ वटा नोक्सानमा देखिएका छन् ।

नोक्सानमा देखिएका १७ म्युचुअल फण्डले मात्रै २ अर्ब १८ करोड रुपैयाँ घाटा बेहोरेका छन् । गत फागुनमा उनिहरुको नोक्सानी एक अर्ब २ करोड रुपैयाँ मात्रै थियो । चैत एक महिनामा मात्रै उनिहरुको नोक्सानी ११४ प्रतिशतले बढेको देखिन्छ । फागुनमा उनिहरुको नोक्सानी एक अर्ब २ करोड रुपैयाँ थियो ।

Esewa
Crest

दोस्रो बजारमा लगानी गर्ने उद्देश्यले सञ्चालन भएका म्युचुअल फण्डहरुले चरम नोक्सानी वेहोर्नु परेको छ । चैत एक महिनामा मात्रै नेप्से सूचक २७५ अंकले घटेको थियो । बजार लगातार तल झर्दा दोस्रो बजारमा सूचिकृत सम्पुर्ण कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । कतिपय कम्पनीको शेयर मूल्य विगत एक दुई वर्ष यताकै सर्वाधिक तल्लो विन्दुमा झरेको छ ।

शेयर बजारमा मात्रै लगानी गर्ने उद्देश्यले प्राविधिक जनशक्ति सहित स्थापना भएका यस्ता म्युचुअल फण्डहरुले लगानी व्यवस्थापन गर्न नसकेको देखिन्छ । नेपालको शेयर बजारमा कुनै पनि कुराको निश्चितता देखिदैन । बजार लगानीकर्ताको लहडमा सञ्चालन हुने भएकाले यस्ता व्यवस्थित म्युचुअल फण्डले लगानी व्यवस्थापन गर्न नसकेका हुन् ।

नेप्से सूचक गत भदौ २ गते सर्वाधिक उचाइमा पुगेर लगातार तल झरिरहेको छ । भदौ दुई गते नेप्से सूचक ३१९९ अंकसम्म पुगेको थियो । त्यस पछि लगातार तल झर्ने क्रममा मंसिर २७ गते २२८१ अंकसम्म तल झर्यो । तर यस अवधिसम्म पनि म्युचुअल फण्ड तथा लगानीकर्ताहरुको पोर्टफेलियोमा खासै असर गरेको थिएन । तर पुस पछि अधिकाम्स बीमा कम्पनीहरुको मुल्य समायोजन भयो । मुल्य समायोजन पछि कम्पनीको मूल्य धेरै नै तल झर्यो । यसरी मूल्य समायोजन हुने क्रममा लगानीकर्ताको पोर्टफेलियो लगभग सत प्रतिशतले घट्यो ।

मूल्य समायोजन भएको केहि समय पछि तोकिएको बोनस शेयर खातामा त आयो तर बजार बढ्न नसक्दा थपिएको शेयरले पोर्टफेलियो बढाउन सकेन । बरु उल्टै सप्लाइ बढ्न जादा तल्लो विन्दुबाट थप तल झर्यो । यसले गर्दा ख्याल ख्याल मै लगानीकर्ताको पोर्टफेलियो १५० प्रतिशतदेखि २०० प्रतिशतले तल झरेको छ । यसैको प्रभाव म्युचुअल फण्डमा देखिएको छ ।

केहि म्युचुअल फण्डले बजार सर्वाधिक उचाइमा बिक्री गरेर हाता पैसा लिए पनि उनिहरुले शेयर बजार २७/२८ को हाराहारीमा पुनः शेयर खरिद गरेकाले उनिहरु सँग पनि पैसा छैन । कतिपय म्युचुअल फण्ड सँग एभरेजिङ गर्ने पैसा पनि छैन । उनिहरुले यस भन्दा अगाडी नै एभरेजिङ गरिसकेका छन् ।

१७ वटा म्युचुअल फण्ड नोक्सानमा देखिदा पनि ग्लोबल आइएमई समुन्नत स्किम एक, लक्ष्मी इक्वीटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड, सनराइज फर्ष्ट म्युचुअल फण्ड, कुमारी इक्वीटी फण्ड, प्रभु सेलेक्ट फण्ड, एनआईसी एशिया सेलेक्ट फण्ड मात्रै नाफामा देखिएका छन् । यस मध्ये केहि म्युचुअल फण्ड भर्खरै आएकाले नोक्सानमा नदेखिएका हुन् । शेयर बजार अधिकतम विन्दुबाट तल झर्ने क्रममा सुरु भएका फण्डहरु नोक्सानमा देखिएका छैनन् ।

सर्वाधिक धेरै लक्ष्मी इक्वीटी फण्डको नाफा १६ करोड ४० लाख रुपैयाँ छ । त्यस्तै सर्वाधिक नोक्सानमा सिद्धार्थ इक्वीटी फण्ड रहेको छ । सिद्धार्थ २८ करोड ४ लाखले नोक्सानमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS