IME Life New

शेयर बजारलाई पारदर्शी र दिगो बनाउने मेरो मुख्य लक्ष्यः सन्तोष नारायण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शेयर बजारलाई पारदर्शी र दिगो बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।

सरकारले सोमबार सन्तोष नारायणलाई धितोपत्र बार्डको अध्यक्षमा नियुक्त गरेको थियो। धितोपत्र बोर्ड करिब ११ महिनादेखि अध्यक्षविहीन अवस्थामा रहेको थियो।

Esewa
Crest

नवनियुक्त अध्यक्ष सन्तोष नारायणले शेयर बजारलाई निष्पक्ष, पारदर्शी र दिगो बनाउने आफ्नो लक्ष्य रहेको बताए। यी ३ कुरा दृढ भएर लागेमा शेयर बजारमा अहिले भोग्नु परिरहेका समस्याहरु समाधान हुने उनको विश्वास छ। ‘यी ३ कुरालाई आत्मसाथ गरेर अगाडि बढेमा हामीले गर्न खोजेका कुराहरु प्राप्त गर्न हुन्छ जस्तो मलाई लाग्छ’, उनले इन्स्योरेन्स खबरसँग भने।

अब धितोपत्र बोर्ड पुगेपछि आफू प्राथमिकताका साथ कामहरु अगाडि बढाउने सन्तोष नारायण बताए। ‘त्यहाँ गएपछि के–कस्ता काम भए, के–कस्ता काम गर्न बाँकी छन्, ती सबै कुरा बुझ्छु’, उनले भने, ‘त्यसपछि प्राथमिकताका आधारमा काम गर्दै जान्छु।’

अध्यक्ष सन्तोष नारायणले शेयर बजारलाई बलियो बनाउने रणनीति बनाएर आफू अगाडि बढ्ने बताए। ‘लगानीकर्ताको हित र लगानी सुरक्षाका लागि शेयर बजारलाई बलियो बनाउने उद्देश्यले काम गर्छु’, उनले भने, ‘मेरो यो उद्देश्य प्राप्तिमा सबै सरोकारवाला निकाय, धितोपत्र बोर्डका कर्मचारी अनि तपाइँ मिडियाहरुको साथ र सहयोग मिल्छ भन्ने मलाई विश्वास छ।’

लामो समयदेखि रोकिएको साधारण शेयरको निष्कासन प्रक्रिया पनि अब खुल्दै जाने सन्तोष नारायणले बताए। ‘साधारण शेयर निष्कासन नहुँदा लगानीकर्ता र कम्पनीहरु मर्कामा परेका छन्, समस्या हुन्छन् र हरेक समस्याको समाधान पनि हुन्छन्’, उनले भने, ‘त्यसैले प्राथमिकताका आधारमा साधारण शेयर निष्कासन प्रक्रिया अगाडि बढ्छ।’

नयाँ स्टक एक्सचेन्जका विषयमा सन्तोष नारायणले यो सरकारले ल्याउन पहल अगाडि बढाएको बताए। ‘नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ वा पर्दैन, त्यो मैले भन्ने कुरा होइन’, उनले भने, ‘यो सरकारले थालेको काम हो र सरकार निर्देशनअनुरुप हामी अगाडि बढ्ने हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS