IME Life New

शेयर बजारलाई चलायमान बनाउन आगामी मौद्रिक नीतिमा लगानीकर्ताका यस्ता सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति तयार गर्ने काममा नेपाल राष्ट्र बैंकका अधिकारीहरु खटिरहेका छन्।

विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझावलाई अहिले राष्ट्र बैंकका अधिकारीहरुले लेखाजोखा गरिरहेका छन्। विशेषगरी केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीति तयार गर्न प्राप्त सुझावहरुमाथि छलफल गरिरहेका छन्। राष्ट्र बैंकले यही असार १५ गतेसम्म सरोकारावालाहरुबाट सुझाव माग गरेको थियो।

Esewa
Crest

अहिले नेपालको अर्थतन्त्र केही सुस्त देखिएको छ। उद्योग–व्यवसाय राम्ररी चल्न सकेका छैनन्। कर्जाको माग पनि बढ्न सकेको छैन। शेयर बजार र घर–जग्गाको कारोबार पनि खासै बढ्न सकेको छैन।

२०७८ भदौमा हालसम्मकै उच्च विन्दु चुमेको शेयर बजार आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमा राष्ट्र बैंकले गरेको केही व्यवस्था लगातार ओरालो लागेको थियो। अहिले पनि शेयर बजार उठ्न सकेको छैन।

त्यतिबेला मौद्रिक नीतिमा लिइएका व्यवस्थाहरुमा राष्ट्र बैंक पछिल्लो लचिलो बन्दै गए पनि अझै पनि केही नीतिगत व्यवस्था परिमार्जन हुनुपर्ने लगानीकर्ताहरुको माग छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल विशेषगरी शेयर लोनमा लगाइएको क्याप हटाउनुपर्ने र जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने बताउँछन्। हाल शेयर लोनको सीमा व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ रहेको छ भने ५० लाख रुपैयाँभन्दा माथिको शेयर लोनमा जोखिम भार १२५ प्रतिशत रहेको छ।

ढकाल शेयर लोनमा सीमा तोक्न नहुने बताउँछन्। ‘शेयर तरल सम्पत्ति, जुनसुकै बेला पनि बेच्न सकिन्छ’, उनले भने, ‘बैंकहरु जोखिममा पर्ने सम्भावना हुँदैन। त्यसैले शेयर लोनमा क्याप लगाइराख्नुपर्दैन।’

मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्था ल्याइनुपर्ने ढकालको भनाइ छ। ‘उद्योग–व्यवसायलाई गति दिने र घरजग्गाको कारोबार बढाउने हिसाबले मौद्रिक नीतिमा नीतिगत व्यवस्था गर्नुपर्छ, यसका लागि राष्ट्र बैंकले थुप्रै टुल्स प्रयोग गर्न सक्छ’, उनले भने।

शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पनि मुख्यगरी अबको मौद्रिक नीतिमार्फत शेयर लोनको क्याप हटाउनुपर्ने बताउँछन्। ‘जोखिम भार पनि १०० प्रतिशतमा झार्नुपर्छ’, उनले भने।

शेयर बजारको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुले गर्न पाउने लगानीलाई राष्ट्र बैंकले सहज बनाउनुपर्ने फुल्लेलको भनाइ छ। ‘राष्ट्र बैंकले टाइट गरेकैका कारण बैंक तथा वित्तीय संस्थाहरुजस्ता संस्थागत लगानीकर्ताले खुलेर शेयर बजारमा लगानी गर्न सकेका छैनन्’, उनले भने, ‘शेयर बजारको विकास गर्न संस्थागत लगानीकर्तालाई लगानीको सहज व्यवस्था गर्नुपर्छ।’

बैंक तथा वित्तीय संस्थाले अहिले शेयर धितोको ७० प्रतिशतसम्म लोन दिने गरेको फुल्लेलले बताए। ‘यो सीमालाई पनि बढाएर ८० प्रतिशत पुर्याइनुपर्छ’, उनले भने।

राष्ट्र बैंक पछिल्लो समय लचिलो बन्दै गएकोले यसपालि मौद्रिक नीति शेयर बजार चलायमान बनाउने गरी आउनेमा फुल्लेल ढुक्क छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS