IME Life New

शेयर बजारमा १०००% रिटर्नको दाबी, सेबीले लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा लहैलहैमा लागेर लगानी गर्ने थुप्रै छन्। अझ नेपालको शेयरमा सोझा लगानीकर्तालाई फसाउने अनेक फन्डमा रचिन्छ। खुलेआम कारोबार समयमै फलानो कम्पनीको शेयर किन्नुपर्छ वा बेच्नुपर्छ भन्दै फलाक्नेहरु पनि थुप्रै छन्। तर, नियामक धितोपत्र बोर्ड र नेप्सेका अधिकारी कान थुनेर बसेका छन्। जसले जर्दा बजारमा चलखेल गर्नेहरुको मनोबल झनै बढेको छ।

छिमेकी मुलुक भारतमा पनि यस्ता थुप्रै घटना हुन्छन्। शेयर बजारमा आमलगानी टाठाबाठाले कम्पनीको शेयरमा सार्वजनिक रुपमै खरिदबिक्री गर्न हौसाउने गरेको पाइन्छ। कतिपयले युट्युबमा भिडियोमार्फत लगानीकर्तालाई सल्लाह दिइरहेका छन् भने कसैले सामाजिक सञ्जाल वा टेलिग्राम च्यानलमार्फत आफ्नो धारणा व्यक्त गरिरहेका छन्।

Esewa
Crest

यसबीच भारतको शेयर बजार नियामक सेबीले पटक–पटक सर्तक रहन सचेत गर्दै आएको छ। लगानीकर्ताको हित र आर्थिक सुरक्षाका लागि सेबीले प्रायः त्यस्ता व्यक्तिविरुद्ध कारबाही पनि गर्दै आएको छ।

यसै क्रममा सेबीले २० लाखभन्दा बढी फलोअर भएका लोकप्रिय प्रभावशाली रवीन्द्र बालु भारतीविरुद्ध ठूलो कारबाही गरेको छ। रविन्द्र बालु भारतीलाई सेबीले अवैध नाफा गरेको भन्दै १२ करोड रुपैयाँ जरिवाना गरेको छ।

सेबीले भारतीले यो रकम ब्याजसहित जम्मा गर्न निर्देशन दिएको छ। यसका साथै भारतीकी श्रीमती शुभांगीलाई पनि अर्को आदेश नभएसम्म बजारमा लगानी गर्न सेबीले प्रतिबन्ध लगाइएको छ। भारतीले सन् २०१६ देखि श्रीमतीसँग मिलेर रवीन्द्र भारती एजुकेसनल इन्स्टिच्युट प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका थिए। यो कम्पनीले ‘भारती सेयर मार्केट’ नामक वेबसाइटमार्फत शेयर बजारसम्बन्धी अनर्गल प्रचार गरिरहेको आरोप लागेको छ।

यो कम्पनीले बिना दर्ता वा अख्तियारी शेयर बजारबारे अनर्गल प्रचार गरिरहेकोले कारबाही गरिएको बीले जनाएको छ। लगानीकर्ताको हित संरक्षण र बजारको अखण्डता कायम राख्न भारतीविरुद्ध यो कदम चालिएको सेबीले दाबी छ। यस्ता कम्पनीले कथित रुपमा उच्च प्रतिफलको आश्वासन दिएको र १ हजार प्रतिशतसम्म प्रतिफलको ग्यारेन्टीको सेबीको ठहर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

57%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS