IME Life New

शेयर बजारमा चलखेल गर्नेलाई तत्काल कारबाही गर्न लगानीकर्ताकै उजुरी, के भन्छ सेबोन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा गैरकानुनी चलखेल गर्नेहरुविरुद्ध तत्काल कडा कारबाही गर्न लगानीकर्ताहरुले नै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकपछि अर्को उजुरी दर्ता गराएका छन्।

इृन्स्योरेन्स खबरलाई प्राप्त उजुरीपत्रमा बजारमा गैरकानुनी चलखेर गरी बजार प्रभावित पार्ने र लगानीकर्ताको मनोबल तथा स्वतन्त्र निर्णय गरी खरिद बिक्री गर्ने अधिकारमा बाधा पार्नेहरुलाई तत्काल नियन्त्रणमा लिएर काबारही गर्न माग गरिएको छ। उजुरीपत्रमा पुँजी बजारमा स्वच्छ, पारदर्शी र वस्तुनिष्ट सूचना प्रवाहले व्यापक महत्व राख्ने तर अफवाह, गलत सूचना फैलावट र म्यानुपुलेसनले पुँजी बजारमा ठूलो अस्थिरता पैदा गर्नुका साथै लाखौँ लगानीकर्ताको खर्बौं सम्पतिमा क्षति गर्नुका साथै बजारको दीर्घकालीन विकास नै अबरुद्ध पार्ने उल्लेख छ।

Esewa
Crest

उजुरीपत्रमा भनिएको छ, ‘केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी आमसर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने, सक्कली वा नक्कली नामबाट खोलिएका आईडीहरुबाट गलत कुरा प्रवाह गरी लगानीकर्ताको स्वतन्त्र निर्णय गर्ने अधिकार र समग्र पुँजी बजारलाईसमेत बाधा पारेको हुँदा प्रचलित नियम कानुन र धितोपत्र बोर्डको क्षेत्राधिकार प्रयोग गरी तत्काल कडा कारबाही गर्नु आवश्यक हुन गएको छ।’

\सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाट्सएप, क्लबहाउसलगायतबाट शेयर बजारको सूचक यतिले घट्छ र यतिले बढ्छ भनी अफवाह फैलाउने, कुनै कम्पनीको सेयर भाउ नै तोकेर यति पुर्याउँछु र उति पुर्याउँछु भनी लेखेर वा बोलेर लगानीकर्तालाई म्यानुपुलेसन गरी खरिद वा बिक्री गर्न उक्साउनेहरु पहिचान गरी तत्काल कारबाही गर्न उजुरीपत्रमा माग गरिएको छ।

\त्यसैगरी फेक आईडी बनाएर शेयर बजारका बारेमा अफवाह फैलाउने, किन्न वा बिक्री गर्न उक्साउनेहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोको सहयोग लिएर पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

लगानीकर्ताहरुले गैरकानुनी काम गर्ने र सूचना लुकाउने सूचीकृत कम्पनीहरुमाथि पनि कारबाही माग गरेका छन्। उजुरीपत्रमा लगानीकर्ताले माग गर्दा सही सूचना प्रवाह नगरी, सूचना दिन आनाकानी गरी बजारमा कर्नरिङ हुन दिने, भित्री कारोबार गर्न सघाउने र गर्ने कम्पनी सञ्चालक, कर्मचारी र सम्बद्ध दोषीहरु पहिचान गरी कारबाही गर्न माग गरिएको छ।

त्यस्तै लगानीकर्तालाई भ्रममा पारी कुनै कम्पनीको गोप्य सूचनामा आधारित भई लगानीकर्ताहरुलाई सेयर किन्न वा बेच्न उक्साउने र भड्काउनेहरु पहिचान गरी कारबाही गर्न भनिएको छ।

उजुरीपत्रको ५ नम्बर बुँदामा अरु देशको धितोपत्र बजारमा शेयर बजारसम्बन्धी विश्लेषण प्रस्तुत गर्न नियमनकारी निकायबाट अनुमति लिएकाले मात्र पाउने प्रबन्ध रहेकोमा नेपालमा त्यस बोर्डबाट कोही कसैलाई सेयर बजारको सूचक र कुनै कम्पनी बारेमा टेक्निकल र फन्डामेन्टल विश्लेषण प्रस्तुत गर्न अनुमति दिइएको भए सोसमेत सार्वजनिक रुपमा जानकारी गराउन माग गरिएको छ।

त्यस्तै बोर्डबाट अनुमति नलिई कोही कसैले सूचक तथा कम्पनीको शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै अफवाह फैलाएकोमा त्यसबाट पुँजी बजार तथा लगानीकर्तालाई भएको क्षतिसमेत भराई लिनुपर्ने जिकिर गरिएको छ। लगानीकर्ताहरुले मौजुदा कानुनी व्यवस्थाहरुको कडाइका साथ कार्यान्वयन नहुँदा बजारमा बिकृति बढेको औँल्याउँदै धितोपत्रसम्बन्धी एैन २०६३ को दफा ९१ देखि दफा १०० सम्मको कसुर गर्नेहरु पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने दायित्व धितोपत्र बोर्डको रहेको अवगत गराएका छन्। यसमा भइरहेको कारबाहीहरु सार्वजनिक जानकारीमा ल्याउन माग गरिएको छ।

लगानीकर्ताहरुले धितोपत्र बजार सुधार र विस्तारका लागि बोर्डले प्रभावकारी कामहरु गर्न नसेको भनी उजुरीपत्रमा बोर्डको प्रभावकारिता माग गरेका छन्।

उता धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले अध्यक्ष महेश बराललाई लगानीकर्ता गुनासा र उजुरीका बारेमा जानकारी गराउने बताए। ‘लगानीकर्ताहरु बजारमा चलखेल भयो भने उजुरी दिनुभएको छ, गुनासा पनि राख्नुभएको छ’, उनले भने, ‘आज अध्यक्ष बराललाई यसबारेमा जानकारी गराउनेछु।’

अध्यक्ष बरालले परेका उजुरी र गुनासाको सुनुवाइ गर्नेबारे थप निर्णय गर्ने प्रवक्ता अधिकारीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS