IME Life New

शेयर बजारमा चम्किएका लगानी क्षेत्रका ५ कम्पनीमा कुनभन्दा कुन तगडा ? (तुलनात्मक अध्ययनसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर बजारमा अहिले लगानी क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिएको छ। यस समूहमा ७ वटा कम्पनी नेप्सेमा सूचीकृत रहेकोमा ४ वटाको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँभन्दा माथि वा हाराहारी पुगिसकेको छ। पाँचौँ कम्पनी एनआरएनको मूल्य पनि पछिल्ला दिनहरुमा तीव्र रुपमा बढेको छ भने बजारमा धेरै शेयर आपूर्ति रहेका अरु दुईवटा कम्पनी एचआईडीसीएल र निफ्रामा खेलाडी र लगानीकर्ता लाग्न सकेका छैनन्।

केही महिनायता तीव्र रुपमा मूल्य बढेका लगानी कम्पनीहरुलाई केन्द्रमा राखेरमात्र यस अध्ययन सामग्री प्रस्तुत गरिएको छ। उच्च शेयर मूल्य रहेका ५ वटा कम्पनीको तुलनात्मक अध्ययन चित्र यस्तो छः

Esewa
Crest

शेयरमूल्य र नेटवर्थको आधारमा विश्लेषण गर्दा

कम्पनीहरुको शेयरमूल्य जेठ ३० गतेको हो। यसमा चालु आर्थिक बर्षको तेस्रो त्रैमासको प्रतिशेयर आम्दानीका आधारमा मूल्य आम्दानी अनुपात निकालिएको छ।

मूल्य आम्दानी अनुपात जति कम भयो त्यति राम्रो कम्पनी मान्नुपर्छ। तर, कतिपय कम्पनीले शेयर बिक्रीबापतको रकम खुद नाफामा गणना नगरी अन्य शीर्षकमा राखेको अवस्थामा हिसाब फरक पर्न सक्छ। त्यस्तै अंकितमूल्य र प्रतिशेयर नेटवर्थले पनि कम्पनीको वास्तविक अवस्था आँकलन गर्न सजिलो हुन्छ।

चुक्तापुँजी र प्रतिशेयर आम्दानीका आधारमा विश्लेषण गर्दा

चुक्तापुँजी धेरै, प्रतिशेयर आम्दानी धेरै तर बजारमा भएका साधारण शेयरको संख्या थोरै भयो भने दोस्रो बजारमा त्यस्ता कम्पनीको शेयरको मूल्य बढेर पुँजीगत लाभ हुनुका साथै लाभांश पनि राम्रो पाउन सकिन्छ र लगानीकर्तालाई दोहोरो फाइदा हुन सक्छ।

लगानी र जगेडा कोषका आधारमा हेर्दा

जुन कम्पनीले आफ्नो पुँजीबाट राम्रा कम्पनीको शेयरमा लगानी गरेको छ, उसले ती कम्पनीको लाभांश तथा शेयर बिक्रीबाट राम्रो लाभ लिन सक्छ। धेरै कम्पनीमा लगानीभन्दा पनि कस्ता कम्पनीका साधारण शेयरमा लगानी गरेको छ भन्ने कुरा महत्वपूर्ण छ। चुक्तापुँजीअनुसार जगेडा कोष बलियो हुने कम्पनी राम्रो हो।

मुख्य शेयर लगानी रहेका कम्पनीहरु

गत वर्षको नाफाबाट लाभांश वितरण गरेको आधारमा हेर्दा

कम्पनीको विगत वर्षहरुको लाभांश वितरणको इतिहास केलाउँदा पनि कम्पनीको अवस्थाबारे आँकलन गर्न सकिन्छ। कतिपय अवस्थामा लाभांश वितरण नगरेर जगेडा कोष बलियो बनाउने कम्पनीको रणनीति हुन्छ, त्यसलाई पनि राम्रो मान्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा बोनस शेयर वितरण गरेर चुक्तापुँजी बढाउने कम्पनीभन्दा नगद लाभांश वितरण गर्ने कम्पनीहरु राम्रा मानिन्छन्।

समग्रमा भन्दा नेपालको सन्दर्भमा लगानी कम्पनीहरुको वृद्धि र विकास तीव्र रुपमा हुन थालेको छ। यस्ता कम्पनीहरुमा विवेकपूर्ण लगानीले लगानीकर्तालाई दीर्घकालीन फाइदा दिन सक्छ।

यस्ता आँकडाहरुलाई मात्र आधार नमानी कम्पनीको संस्थागत सुशासन, मुख्य शेयरधनी र सञ्चालकहरुको छवि तथा क्रियाशीलता, कम्पनीको रणनीति र योजना, व्यवस्थापनको कार्यकुशलता, कम्पनीको जोखिम बहन क्षमता, चालु आयोजना र सुरु गर्न लागिएका कामहरु पनि राम्रोसँग केलाउनु उपयुक्त हुन्छ।

नोटः प्रस्तुत आँकडाहरु कम्पनीहरुले प्रकाशित गरेका त्रैमासिक वित्तीय विवरण, बार्षिक प्रतिवेदन र नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा आधारित छन्। लगानी गर्नुअघि आफैँले तथ्यहरुको जाँच गरी कसैको बहकाउ र प्रभावमा नपरी निर्णय गर्नु अपरिहार्य छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS