IME Life New

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ६० करोडमा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिनमै शेयर बजारमा २० अंकको गिरावट देखिएको छ । शेयर बजारमा लगातार गिरावट हुँदा कारोबार रकम पनि दिन प्रतिदिन घटिरहेको छ । आइतबार नेप्से सूचक १९.१२ अंकले घटेर १८५०.६१ अंकमा झरेको छ । कारोबार रकम ६० करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ ।

सूचक तल झर्दै गर्दा १८७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २३ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक धेरै ८.२२ प्रतिशतले सुधार भएको छ भने सर्वाधिक धेरै कारोबार शिवम सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको भएको छ ।

Esewa
Crest

बैंकिङ तरलतामा सुधार देखिए पनि अर्थतन्त्रका सूचकहरुमा सुधार देखिदैन । सरकारले कर्मचारीहरुलाई तलब भत्ता खुवाउन नसकिरहेका समाचारले बजारलाई पेनिक बनाइरहेको छ । बैंक वित्तीय संस्थाले शेयरधितो कर्जा प्रवाह गरिरहे पनि बजार लगातार तल झर्दा लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS