IME Life New

शेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्डको रोजाईमा कुन क्षेत्र ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । एनआइसी एशिया ग्रोथ फण्डले भाद्र महिनासम्मको विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको  विवरण अनुसार कम्पनीको प्रति इकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ८४ पैसा कायम रहेको छ। जबकी यस अघि श्रावन महिनासम्म कम्पनीको प्रति ईकाई खुद सम्पत्तिको मूल्य २० रुपैयाँ २२ पैसा थियो। यसरी प्रति ईकाई खुद सम्पत्तीको मूल्य ४ रुपैयाँ ८४ पैसाले घटेको छ।

कहाँ छ लगानी ?

Esewa
Crest

एनआइसी एशिया ग्रोथ फण्डले सुचिकृत शेयरमा भाद्र मसान्तको बजार मूल्यको आधारमा १ अर्ब ३ करोड बराबरको लगानी गरेको छ भने श्रावन महिनामा भने सो शीर्षकमा १ अर्ब १४ करोड लगानी थियो।

फण्डले  सुचिकृत शेयरमा गरेको १ अर्ब लगानीमध्ये सर्वाधिक वाणिज्य बैंकको शेयरमा गरेको छ। फण्डले वाणिज्य बैंकमा ४०.८० प्रतिशत लगानी गरेको छ भने दोश्रोमा लघुवित्तमा १७.३८ लगानी गरेको छ। त्यस्तै विकास बैंकमा १५ प्रतिशत लगानी गरेको छ।

१० जीवन बीमा कम्पनीमा लगानी :

फण्डले १० जीवन बीमा कम्पनीमा लगानी गरेको देखिन्छ। भाद्र मसान्तसम्म फण्डको नेपाल लाईफको शेयरमा सर्वाधिक ३ करोड ३६ लाख बराबरको लगानी रहेको छ भने दोश्रोमा नेशनल  लाइफको शेयरमा १  करोड ९३ लाख बराबरको शेयर रहेको छ।

१२ निर्जीवन जीवन बीमा कम्पनीमा लगानी :

फण्डले १२ निर्जीवन बीमा कम्पनीमा लगानी गरेको छ। भाद्र मसान्तसम्म फण्डले नेको इन्स्योरेन्सको शेयरमा सर्वाधिक १ करोड ४४ लाख बराबरको लगानी रहेको छ भने दोश्रोमा सिद्धार्थ इन्स्योरेन्समा शेयरमा १  करोड २९ लाख बराबरको शेयर रहेको छ।

श्रोत : फण्डको भाद्र मसान्तसम्मको रिपोर्ट 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS