IME Life New

शेयर बजारमा उछाल, लगातार सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जमा आज लगातार सकारात्मक सर्किट लागेको छ । शेयर बजारमा आज दुई पटक सर्किट लाग्दा ४० मिनेटको लागि बजार बन्द भएको छ । बजार खुलेको छ मिनेटमै पहिलो पटक चार प्रतिशतभन्दा बढिले मूल्य बृद्धि भएकोको थियो । त्यसपछि २० मिनेटको लागि बन्द भएको बजार पुनः खुलेको १० मिनेट नबित्दै नेप्सेको बृद्धिदर ५ प्रतिशत माथि पुगेपछि दोस्रो पटक सर्किट लागेको हो ।

पहिलो सर्किट लागेपिछ दोस्रो पटक खुलेको बजारमा पुनः सकारात्मक सर्किट लागेको हो । आजको खरिदको अवस्था हेर्दा यसपछि बजार खुल्दा समेत तेस्रो पटक सर्किट लागेर आजको लागि कारोबार नै स्थगित हुने देखिएको छ ।

Esewa
Crest

हालसम्म जम्मा चार करोड मात्रै कारोबार हुँदा बजार उच्च गतिमा बृद्धि भएको हो । बजारमा आएको उच्च बृद्धिलाई नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको सकारात्मक प्रभावको रुपमा विश्लेषण गरिएको छ । मौद्रिक नीतिमा नगद लाभांशको ठाउँमा बोनस शेयरलाई प्राथमिकता दिइएको तथा मार्जिन ल्याण्डिङ थप पाँच प्रतिशत सुविधा दिएको कारण शेयर बजारमा उछाल आएको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS