IME Life New

शेयर बजारका लगानीकर्ताको मनोबल बढाउन हामी प्रतिबद्ध छौँः सेबोन अध्यक्ष श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शेयर बजारका लगानीकर्ताको मनोबल बढाउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौंमा आज धितोपत्र बोर्डका नवनियुक्ति अध्यक्ष श्रेष्ठ, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको नवनिर्वाचित नयाँ कार्यसमितिको सम्मान आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। शेयर बजारलाई चलायनमा बनाउन लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक रहेको श्रेष्ठले बताए। ‘लगानीकर्ताको मनोबल त्यतिखेर बढ्छ जब उहाँहरुको लगानीको सुरक्षा प्रत्याभूति हुन्छ’, उनले भने, ‘त्यो प्रत्याभूति गर्ने जिम्मेवार धितोपत्र बोर्डको हो। र, त्यो धितोपत्र बोर्डको मात्र नभएर सबै सरोकारवाल निकायको हो। यसलाई प्राथमिकतामा राखेर सबै अगाडि बढ्नुपर्छ।’

Esewa
Crest

अध्यक्ष श्रेष्ठले निष्पक्ष, पारदर्शी र दिगो पुँजीबजार आफ्नो मूल नारा रहेको दोहोर्याए। ‘यही नारालाई आत्मसाथ गर्दै म अगाडि बढ्नेछु’, उनले भने, ‘किनकि मेरो काँधमा शेयर बजारको ठूलो जिम्मेवार आइपरेको छ।’

अध्यक्ष श्रेष्ठ शेयर बजारका सबैको आशा र विश्वासको केन्द्रविन्दु धितोपत्र बोर्ड रहेको बताए। ‘यसका लागि मैले आफ्नो बलबुँताले सबैको समस्या सम्बोधन गर्न लागिपर्नेछु’, उनले भने।

शेयर बजारका लगानीकर्ताको लगानी सुरक्षाका लागि आफूले काम गर्ने पनि अध्यक्ष श्रेष्ठले बताए। ‘यसमा म सबै लगानीकर्तालाई विश्वास दिलाउन चाहन्छु’, उनले भने।

शेयर बजारलाई आफ्नो लयमा चल्न दिन सबै सरोकारवाला निकायले आ–आफ्नोतर्फबाट भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताए। ‘पुँजी बजारको दायर फराकिलो पार्दै लैजानुपर्छ’, उनले भने, ‘अहिले हामी पुँजी बजार भन्छौँ तर हामी सीमित शेयर बजारमा मात्रै सीमित छौँ।’

अध्यक्ष श्रेष्ठले पुँजी बजारको विस्तारका लागि ब्रोकरदेखि लिएर मर्चेन्ट बैंकरको भूमिका पनि बढाउँदै लैजानुपर्ने धारणा राखे। ‘यसमा मलगायतको धितोपत्र बोर्डको सम्पूर्ण टिमले सहकार्य हुनेछ’, उनले भने।

शेयर बजारमा नयाँ खाले प्रडक्ट पनि ल्याउँदै जानुपर्ने श्रेष्ठले बताए। ‘अहिले बजारमा उठेका नयाँ प्रडक्ट ल्याउन धितोपत्र बोर्डले पूर्ण समर्थन र सहकार्य गर्नेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS