IME Life New

शेयर कारोबारमा रियल टाईम भुक्तानीको व्यवस्था मिलाउन धितोपत्र बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्न एजेन्सीहरुलाई शेयर खरिद बिक्री बापतको कारोबार अनलाईनबाट रियल टाईम भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएको छ । बोर्डको निर्देशन कार्यान्वयनमा आएमा शेयर बिक्रेताले सोही दिन आफ्नो खातामा रकम प्राप्त गर्नेछन् भने शेयर खरिदकर्ताले पनि किनेकै दिन आफ्नो खातामा शेयर प्राप्त गर्नेछन् । बोर्डले आज दुई बुँदे सूचनामार्फत बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो ।

बोर्डले शेयर बिक्री बापतको रकम आईपिएस अथवा विद्युतीय भुक्तानीको माध्यमबाट बिक्री गरेकी दिन गर्ने व्यवस्था मिलाउन भनेको छ । बोर्डको यस्तो निर्देशनसँगै लगानीकर्ताहरुले राहतको महसुस गरेका छन् । शेयर कारोबार सुरु गर्नुअघि राहत प्याकेज खोजेका लगानीकर्ताहरुको पक्षमा बोर्डले सकारात्मक कदम चालेर लगानीकर्ताहरुलाई उत्साहित गर्ने प्रयास जारी राखेको देखिएको छ । आजै बोर्डले एक पटक पुँजिगत लाभ कर तिरेपछि सो कर नै अन्तिम करको रुपमा गणना गर्न अर्थमन्त्रालयलाई सिफारिस गरेको जनाएको छ ।

Esewa
Crest

बोर्डले आज साँझ जारी निर्देशनमा भनिएको छ, ‘१.धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपिएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपिएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावण १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउने, २. नेप्से अनलाईन कारोबार प्रणाली (ल्इत्क्) ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा र खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउने ।’

यसैबीच, बोर्डले शेयर धितो कर्जामा सहुलियत, ब्याज तिर्ने समयबारे सहजीकरण गर्न गर्न नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको छ ।
बोर्डले कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधार सम्बन्धी माग तथा हालको विषम परिस्थितिमा ब्याज बुझाउने समय थप गर्न, शेयर धितोकर्जाको रेसियो ७५ प्रतिशत पुर्याई १० प्रतिशत बजार मूल्यमा गिरावट आएको अवस्थामा मात्रै मार्जिन कलको व्यवस्था गर्न आग्रह गरेको छ ।

त्यस्तै, शेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी व्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाईदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न बोर्डले राष्ट्र बैंक समक्ष आग्रह गरेको जनाएको छ ।

त्यस्तै बोर्डले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गरी शेयर कारोबारको अप्ठेरो फुकाउन राष्ट्र बैंकलाई भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS