IME Life New

शेयरधनीलाई हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न अपर तामाकोशीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । हालसम्म पनि आफ्नो शेयर डिम्याट नगराएका दोलखा जिल्लाका स्थानिय बासिन्दाहरूलाई यथाशिघ्र शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो। क्यापिटल वेवसाइटमा गई अनलाइन बाट समेत निःशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले उल्लेख गरेको छ ।

स्थानीयलाई बाँडफाँड गरिएको शेयर, भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरूको सुविधाको लागि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकिकरण गर्ने व्यवस्था रहेको र हालसम्म उल्लेखनिय रूपमा स्थानिय शेयरधनीहरूले डिम्याट खाता उपलब्ध गराई शेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र शेयर अभौतिकिकरण गर्नको लागि कम्पनीले आग्रह गरेको हो।

Esewa
Crest

कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटलले डिम्याट खातामा जम्मा गरी अभौतिकिकरण गरे पश्चात् मात्र शेयर खरीद बिक्री गर्न सकिने र भविष्यमा वितरण हुन सक्ने बोनश तथा हकप्रद शेयर खातामा सिधै जम्मा हुने व्यवस्था रहेको जनाएको छ ।

क्यापिटलले आफ्नो कार्यकाल ३० वर्ष पूरा गरेको अवसरमा २०७९ माघ महिना भरी हितग्राहि खाता र मेरो शेयर निःशुल्क गरेको हुँदा अभौतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानिय शेयरधनीहरूले समेत माघ मसान्तसम्म निःशुल्क खाता खोली शेयर अभौतिकिकरण गर्न क्यापिटलले आग्रह गरेको छ ।

क्यापिटलका अनुसार यस सुविधाको लागि क्यापिटलको कार्यालय कमलपोखरी, सनराइज बैंकका सम्पूर्ण शाखा कार्यालयहरूका साथै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, गोगरमा सम्पर्क गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो सहित स्वयम् उपस्थित भई हितग्राही खाता खोल्न सकिनेछ ।

नाबालक शेयरधनीहरूको हकमा नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो पेश गरी संरक्षकले नाबालकको हिताग्राहि खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS