IME Life New

शेयरको इन्साइडर ट्रेडिङमा संलग्नलाई जरिवाना र सजाय बढाउन प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार)मा संलग्नलाई हुने कारबाहीको व्यवस्था बढाइने भएको छ।

प्रतिनिधिसभामा दर्ता भएको धितोपत्र ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था कायम गर्न प्रस्ताव गरिएको हो। धितोपत्रसम्बन्धी गोप्य सूचना तथा विवरण कुनै पनि माध्यमबाट प्रवाह वा प्रकाशन गरेको प्रमाणित भएमा त्यस्ता कार्यमा संलग्नलाई बिगोबमोजिम जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था गर्न विधेयकमा प्रस्ताव गरिएको छ। हालको ऐनमा बिगोबमोजिम जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।

Esewa
Crest

यसैगरी इन्साइडर ट्रेडिङमा बिगो नखुलेकोमा ५० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म वा दुवै सजायको व्यवस्था गर्न विधेयकमा प्रस्ताव गरिएको छ।

विधेयकमा ऐनको उपदफा (२) मा संशोधन गर्दै बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय भन्ने शब्द राख्न प्रस्ताव गरिएको छ। हालको ऐनमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

यसैगरी विधेयकमा ऐनको उपदफा (३), (४), (५), (६) र (७) मा संशोधन हालको कारबाहीको व्यवस्थालाई बढाउन प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS