IME Life New

शेयरको अस्वाभाविक मूल्य उतारचढावमा अंकुश लगाउँदै नेप्से, अन्तिम मूल्यमा अब नयाँ नियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली शेयर बजारमा अस्वाभाविक रुपमा शेयरको मूल्य उचाल्ने र खसाल्ने कुरा नौलो होइन। सोझासाझा लगानीकर्तालाई फसाउने यो दाउ उहिलेदेखि नै चल्दै आएको छ।

अब भने बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यो अस्वाभाविक मूल्य उतारचढावमा अंकुश लगाउने उपाय अवलम्बन गर्न लागेको छ। यसका लागि नेप्सेले शेयरको अन्तिम कारोबार मूल्यमा नयाँ नियम लागू गर्ने तयारी गरेको हो।

Esewa
Crest

नेप्सेले अब कुनै पनि शेयरको अन्तिम कारोबार मूल्य बजार बन्द हुनुअघिको १५ मिनेट निर्भर हुने नियम लागू गर्न लागेको छ। यसका लागि कारोबार विनियमावलीमा संशोधनसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यो नियम लागू भएमा दिउँसो २ः४५ मिनेटदेखि ३ः०० बजेसम्म शेयरभाउको औसत मूल्य नै अन्तिम कारोबार मूल्य तय हुनेछ।

नेप्सेका अनुसार अब अन्तिम १५ मिनेट कारोबारको औसत मूल्यलाई नै नयाँ कारोबार मूल्य मानिनेछ। यसले शेयरभाउमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने नेप्सेको दाबी छ। ‘बजारलाई पारदर्शी हिसाबले सञ्चालन गर्नका लागि नै यो नियम लागू गर्न आवश्यक छ’, प्रवक्ता पराजुलीलेले भने, ‘यो नियम लागू भएमा लगानीकर्ताकै हित हुन्छ।’

उदाहरणका लागि कुनै ‘एबीसी’ कम्पनीको शेयरभाउ दिनभरको विभिन्न मूल्य किनबेचपछि दिउँसो ३ बजे बजार बन्द हुँदा कायम भएको अन्तिम मूल्य भोलिपल्टका लागि नयाँ कारोबार मूल्य तय गरिँदै आएको छ। अब नयाँ नियम लागू भएमा उक्त एबीबी कम्पनीको शेयरभाउ दिउँसो २ः४५ बजे हुँदा २५० रुपैयाँ थियो र अन्तिम १५ मिनेटमा २५५, २५३, २५७, २६० हुँदै दिउँसो ३ बजे २५८ रुपैयाँमा बन्द भयो भने अब भोलिपल्टका लागि औसत मूल्य २५५.५ रुपैयाँ कारोबार मूल्य निर्धारण हुनेछ।

पुरानो नियमअनुसार भने दिउँसो ३ बजे भएको अन्तिम कारोबार मूल्य नै भोलिपल्टका लागि नयाँ कारोबार मूल्य मानिन्थ्यो। अब अन्तिमको १५ मिनेटको कारोबारको औसत मूल्य नै भोलिपल्टका नयाँ कारोबार मूल्य तय गर्न लागिएको हो। यसले अस्वाभाविक ढंगले हुने मूल्य उतारचढावमा अंकुश लगाउने र बजारलाई स्थिर तथा पारदर्शी बनाउने बजार जानकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS