IME Life New

शुभम पावरले ५ लाख ८० हजार ५८० कित्ता आईपीओ ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शुभम पावर लिमिटडले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार  रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता आईपीओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ।

कम्पनीले यसअघि सर्वसाधारणलाई चार लाख कित्ता आईपिओ निष्काशन गर्ने भनेको भएपनि गत जेठमा आयोजन प्रभावित संखुवासभाका स्थानीयलाई निष्काशन गरेको आईपिओ पुरै बिक्री नभएपछि थप एक लाख ८० हजार ५८० कित्ता समेत गरी उक्त परीमाणको आईपिओ जारी गर्ने भएको हो । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सीबीआईएल क्यापिट लिमिटेड रहेको छ ।

Esewa
Crest

दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ । कम्पनीले हाल संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS