IME Life New

शुभम पावरले वैदेशिक रोजगारीमा रहेकालाई मध्यनजर गर्दै बिक्रि गरिएको आईपीओ बाँडफाँड, कतिले पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुभम पावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले उक्त आईपीओ बैदेशिक रोजगारीमा रहेका नेपालीलाई मध्यनजर गर्दै गत पुष ६ देखि २० गतेसम्म बिक्रि खुल्ला गरिएको थियो ।

कम्पनीले कुल ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्रि खुल्ला गरिएको थियो । जसमा ९ हजार २८२ जना आवेदकबाट ४ लाख ५७ हजार ९७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ९ हजार २ सय ८० जना आवेदकले दिएको आवेदन मात्र रितपूर्वक देखिएको थियो । आवेदन दिएकामध्ये ५ हजार ८ सय ५ जनालाई गोलाप्रथा मार्फत छनौट गरि शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि बिक्रि गरिएकोमा बिक्रि नभएका १ लाख ८० हजार ५८० कित्ता शेयर मध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्रि खुल्ला गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS