IME Life New

शुभम पावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका, हालसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आइपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बरारबको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता शेयर सहित ५ लाख ८० हजार ५८ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

Esewa
Crest

त्यसमध्ये १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात ११ हजार ६१० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा शुक्रबार १ः३३ बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना आवेदकबाट ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो । सर्वसाधारणलाई निष्काशन गरेको शेयरको १८.६४ गुणा बढी हो ।

कम्पनीको आइपीओमा ईच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल लिमिटेड रहेको छ । प्रत्याभूतीकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS