IME Life New

शिवम होल्डिङग्सले डाक्यो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टको सहायक कम्पनीको रुपमा रहेको शिवम होल्डिङग्सले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३२ गते अनामनगर स्थित आफ्नै कार्यालयमा सभा गर्ने बताएको छ ।

कम्पनीले सभा प्रबन्धपत्रमा भएका केहि संशोधन गर्न विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा प्रबन्धपत्रको दफा ६ को खण्ड ख, ग, घ, र ङ मा संशोधन गर्ने प्रस्ताव पेश गर्नेछ ।

Esewa
Crest

सभाले शिवम सिमेन्टको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९ मा उल्लेख भए अनुसार शिवम होल्डिङग्स प्रालिलाई गत आर्थिक वर्ष २०७८/०७९ मा पव्लिक कम्पनीको रुपमा परिणत गरिएको छ। आगामी दिनमा उक्त शिवम होल्डिङग्स लिमिटेडले प्रचलित धितोपत्र सम्बन्धि ऐन, नियमको प्रावधान अनुसार स्वीकृति लिई सर्व साधारणमा शेयर जारी गर्ने योजना समेत रहेको छ ।

हाल उक्त कम्पनी सहायक कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म अधिकृत पूँजी ५ अर्व ८० करोड तथा जारी पूँजी ५ अर्व ८० करोड रहेकोमा चुक्ता पूँजी  ४ अर्व ३६ करोड मात्र रहेकोमा ४ अर्व २१ करोड २० लाख मात्र होडशी शिवम सिमेन्टमा शेयर लगानी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS