IME Life New

शिवम सिमेन्टको लाभांश घोषणा, साधारण सभा पुस २९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बुधबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई कर सहित १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पूँजी ४ अर्ब ४० करोडको १० दशमलव ५३ प्रतिशतले हुन् आउने ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ ।

साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

1671078046285

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

80%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS