IME Life New

शिर्ष दश बजार पूँजीकरण हुने कम्पनीमा दुई बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा धितोपत्र कारोबार गर्ने १० उत्कृष्ट कम्पनीको सूचीमा पुनर्बीमा कम्पनी र एक जीबन बीमा कम्पनी (नेपाल लाइफ इन्स्योरेन्स) गरि दुई बीमा कम्पनी परेका छन्।

त्यस्तै, सरकारी स्वामित्वको नेपाल टेलिकम शेयरको बजार पूँजीकरणका आधारमा अग्रस्थानमा परेको छ। नेपाल स्टक एक्सचेञ्जले छनोट गरेको धितोपत्र कारोबार गर्ने १० उत्कृष्ट कम्पनीको सूचिमा टेलिकम र दुई बीमा कम्पनी शिर्ष स्थानमा परेको हो ।

Esewa
Crest

नेप्सेको साप्ताहिक तथ्याङ्क अनुसार नेपाल टेलिकम, नेपाल लाइफ र नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणमा ठूलो कम्पनी बन्न पुगेका छन् ।
शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा नेपाल टेलिकमले धेरैजसो समय आफुलाई पहिलो स्थानमा राख्दै गर्दा दोस्रो देखि दशौं स्थानमा भने हरेक साता ठूला कम्पनीहरुमा आउने उतार चढावका कारण परिवर्तन हुँदै आइरहेको छ ।

यो साता टेलिकमको बजार पूँजीकरण २ खर्ब १ अर्ब रुपैयाँ रहेको छ । यसै क्रममा नेपाल लाइफको बजार पूँजीकरणका आधारमा दोस्रो स्थानमा पुगेको छ । यस कम्पनीको साताको कारोबारका आधारमा बजार पूँजीकरण १ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्सेको साप्ताहिक तथ्याङ्क अनुसार शेयर बजार पूँजीकरणको आधारमा नेपाल पुनर्बीमा कम्पनी कम्पनी तेस्रो स्थानमा रहेको छ । कम्पनीको बजार पूँजीकरण यस साता १ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ।
त्यस्तै, यो साता नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोे छ भने सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब ३ अर्ब रुपैयाँ रहेको ।

नेप्सेले यही माघ २ गतेदेखि असोज ८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS