IME Life New

शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी राखेको छैनः प्रमुख दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी नराखेको बताएकी छन् ।

भरतपुर ९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले महानगरको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न एक कक्षा कोठा एक शिक्षक, दिवा खाजा संघीय सरकारले दिने रु १० मा रु ५ थप, छात्राहरुलाई साईकल वितरण, छात्रावृत्ति, न्यानो कपडा वितरणलगायतका धेरै कार्य गरिरहेको उल्लेख गरिन् ।

Esewa
Crest

प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि त्यसअनुसारको नजिता प्राप्त गर्न नससकेको भरतपुरले शिक्षामा फड्को मारेको बताइन् ।

‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’ उनले भनिन, ‘हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।’

विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनु पर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिइन् ।

‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहने छ’ उनले भनिन, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थगत विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS