IME Life New

शाखा विस्तारमा आक्रामक बन्दै कामना सेवा, खोल्यो भक्तपुरको राधे राधेमा पनि नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुरको राधे राधेमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर  मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थितर राधे राधे शाखाको उद्घाटन गरेको हो । बैंकको यो ९३औं शाखा कार्यालय हो ।

उक्त नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा गरे ।

Esewa
Crest

उक्त कार्यक्रममा बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

हालसम्म बैंकले ९३ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS