IME Life New

शव बोकेको एम्बुलेन्स दुर्घटनामा, छ जनाको मृत्यु, बीमा दावी पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शनिबार राति पूर्वी नेपालको सुनसरीमा बिभत्स सडक दुर्घटना भएको छ । सो घटनामा छ जनाको मृत्यु भएको छ । शनिबार राति १२ बजे अस्पतालबाट लाश घर पुर्याउन जाँदै गरेको एम्बुलेन्स विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किन पुग्दा एम्बुलेन्समा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ५० लाखभन्दा बढि बीमा दावी पर्ने देखिएको छ । उपचारको क्रममा निधन भएको ७५ बर्षिय बृद्धाको शव घरतर्फ फर्काउदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको थियो । दुर्घटनामा निधन हुनेहरु एउटै परिवारका सदस्यहरु छन् । सडकमा ट्रकसँग ठोक्किएको एम्बुलेन्सको क्षतविक्षत हुन पुगेको थियो ।

Esewa
Crest

उता, आधा दर्जनको ज्यान जाने गरी भएको दुर्घटनापछि ट्रक भने भाग्न सफल भएको छ । विभत्स दुर्घटनापछि ट्रक चालक र दुवै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बिराटनगरस्थित गोल्डेन अस्पतालबाट बिरामी लिएर उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स विराटनगरतर्फ आउँदै गरेको ना२ख ९०८२ नम्बरको ट्रकसँग कोशी गाउँपालिकाको हरिहरपुरमा ठोक्किन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माका अनुसार मृतकहरूमा उदयपुर त्रियुगा नगरपालिका–१० बस्ने २८ वर्षीय राजेशकुमार दनुवार, ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय मुकेश राई, ३२ वर्षीय दिनेश रार्ई र ८५ वर्षीय शिवमाया राई रहेका छन् ।

बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा निधन भएकी शिवमाया राईको शव उदयपुरस्थित घरमा ल्याउँदै गर्दा सो दुर्घटना भएको हो । शोकमा रहेको परिवार पुनः दुर्घटनामा परी छ जनाको निधन भएपछि उदयपुरस्थित गाउँ शोकमा डुबेको छ । प्रहरीले पाँच घण्टापछि मात्रै लाश निकाल्न सकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS