IME Life New

शनिवार पनि कर कार्यालय खुला राख्न आन्तरिक राजश्व विभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजश्व विभागले आगामी शनिवार पनि राजस्व संकलन गर्ने कार्यालयहरु खुला राख्न निर्देशन दिएको छ। विभागले पुस ३० गते शनिवार पनि राजस्व संकलन गर्ने बैक शाखा तथा काउण्टरसँग समन्वय गरी कार्यालय खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

विभागले ठूला करदाता कार्यालय , मध्यम स्तरीय करदाता कार्यालय, सबै आन्तरिक राजश्व कार्यालय, र सबै करदाता सेवा कार्यालय शनिवार पनि खुला राख्न निर्देशन दिएको हो । सरकारले आर्थिक वर्ष ७९/८० को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेकोले शनिवार पनि कार्यालयखुला राख्न विभागले भनेको हो ।

Esewa
Crest

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८० को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि भनेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS