IME Life New

शनिबार समेत बैंक खुल्ने, बैंकका सबै शाखा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिबाट बैंकका सबै शाखाहरु सञ्चालन गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन देव कुमार ढकालले देशका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा सबै शाखाहरु सञ्चालन गर्न निर्देशन दिएका छन् ।

राष्ट्र बैंकद्वारा निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार करदाताहरुले २०७६ फागुन र चैत्रको भ्याट, तथा चैत्र मसान्तमा बुझाउनुपर्ने कर लगायतका अन्य राजश्वहरु दाखिला गर्न यही जेठ २५ गतेसम्मको मिति तोकिएका कारण सो मितिसम्म शनिबार समेत सबै बैंकका शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

त्यसैगरी, राष्ट्र बैंकले बैंकका क्लीयरिङ सम्बन्धी कार्य समेत सुचारु राख्न भनिएको छ । कन्द्रीय बैंकले सबै बैंकहरुलाई आगामी जेठ २५ गतेसम्म पूर्ण कालिन रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS