IME Life New

व्यापार खस्किएपछि भारतमा सरकारी बीमा कम्पनीकाे कर्मचारीलाई फिल्डमा उतार्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतमा सरकारी स्वामित्वकाे निर्जीवन बीमा कम्पनीहरुकाे बजार हिस्सा खस्कि‌ंदै गएपछि उद्धारका लागी कर्मचारीहरूलाई व्यवसाय प्रवर्द्धन गर्न परिचालन गर्ने तयारी शुरु भएकाे छ। खस्कि‌ंदाे बीमा व्यापार उकास्नका लागी करिब ४० हजार जनशक्तिमध्ये पचास प्रतिशत अर्थात् २० हजार जनशक्तिलाई बजारीकरणमै परिचालन गर्नुपर्ने सुझाव प्राप्त भएपछि याे विषयमा आवश्यक तयारी भइरहेकाे भारतीय स‌ंचार माध्यमहरूले उल्लेख गरेका छन् ।

सरकारी स्वामित्वकाे चार निर्जीवन बीमक नेशनल इन्स्याेरेन्स, ‍ओरियन्टल इन्स्याेरेन्स, युनाइटेड इण्डिया इन्स्याेरेन्स र द न्यू इण्डिया एस्याेरेन्सकाे जनशक्ति व्यवस्थापनका सम्बन्धमा गरिएकाे अध्ययनपछि परामर्श दातृ संस्था इवाइले ५० प्रतिशत कर्मचारीलाई कार्यालयबाट बाहिर खटाउन सुझाव दिएकाे थियाे। प्रशासनिक काममा खटिएका कर्मचारीहरूलाई बीमा व्यवसाय प्रवर्द्धनका लागी खटाउँदा कर्मचारी यूनियनबाट अवराेध सिर्जना  हुन सक्ने स‌ंभावना समेत औंल्याइएकाे छ।

Esewa
Crest

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांक अनुसार गत आर्थिक वर्ष २०२२-२३ मा यी चारवटा निर्जीवन बीमककाे बजार हिस्सा ३२‍.३७ प्रतिशतले खुम्चिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS