IME Life New

व्याजदर र शेयर बजारको राइटव्याक पछि जीवन बीमा कम्पनीको मुनाफा ७२ प्रतिशतले बढ्यो, हेर्नुहोस् सूचिसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ७२.५१ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले तीन अर्ब ३७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा एक अर्ब ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

गएको वर्ष शेयर बजार ओरालो झर्दा अधिकाम्स बीमा कम्पनीहरुले शेयर बजारमा गरिएको लगानीको प्रोभिजनिङ गरेका थिए । लगात मूल्य भन्दा पनि तल झरे पछि बीमा कम्पनीहरुले करोडौ रुपैयाँ प्रोभिजनिङ गर्नु पर्यो । तर मंसिरको चुनाव पछि शेयर बजारमा उछाल आउदा बीमा कम्पनीहरुले प्रारम्भिक लगानीलाई राइट व्याक गर्न सफल भएका छन् । कम्पनीहरुले कतिपय कम्पनीमा एभरेजिङ गरेका छन् भने कतिपय कम्पनीको शेयर बिक्री गरेर सल्टाएका छन् ।

Esewa
Crest

अर्को तर्फ बीमा कम्पनीहरुले बढ्दो व्याजदरको राम्रो फाइदा उठाएका छन् । व्याजदर अधिक हुँदा बीमा कम्पनीहरुले राम्रो आम्दानी गरेका छन् । अवका दिनमा भने बीमा कम्पनीहरुलाई सहज छैन । बैंकहरुले व्याजदर घटाउन थालिसकेकाले उनिहरुको मुद्दती निक्षेपको अवधि विस्तारै सकिदै जादा व्याजआम्दानीमा पनि प्रभाव पार्दै जानेछ ।

यस अवधिमा सबैभन्दा धेरै राइटव्याक गरेर मुनाफा सुधार गर्नेमा नेपाल लाइफ रहेको छ । गएको वर्ष नेपाल लाइफले अत्याधिक रुपमा शेयर बजारमा लगानी गरेको थिए । शेयर बजारमा आक्रामक लगानी गर्दा लगात मूल्य भन्दा बजार मूल्य धेरै तल झर्यो । जसले गर्दा गएका त्रैमाशमा नेपाल लाइफको मुनाफा ऋणात्मक देखियो । यस त्रैमाशिक अवधिमा भने नेपाल लाइफले राइट व्याक गरेर सल्टाएको छ । नेपाल लाइफले ४४ करोड एक लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १३ करोड चार लाख रुपैयाँ थियो ।

दोस्रो धेरै मुनाफा सन नेपाल लाइफको छ । सन नेपाल लाइफले समिक्षा अवधिमा ३५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड मात्रै थियो । सूर्यज्योति लाइफको मुनाफा ८१ प्रतिशतले बढेर २८ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन रहेको छ । मर्जर अगाडीको अवस्थामा ज्योति लाइफको मुनाफा २७ करोड ६८ लाख रुपैयाँ थियो । मर्जर पछिको विवरण भने संयुक्त रुपमा देखिनेछ ।

नेशनल  लाइफले ५७ प्रतिशतले मुनाफा बढाउदै २२ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । रिलायबल नेपाल लाइफको २१ प्रतिशतले बढेर २२ करोड, एशियन लाइफको ३२ प्रतिशतले बढेर १९ करोड १२ लाख, प्राइम लाइफको १७ करोड, रिलायन्स लाइफको १६ करोड, मेट लाइफको १४ करोड, प्रभु लाइफको १०७ प्रतिशतले बढेर १२ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । सर्वाधिक कम मुनाफा राष्ट्रिय बीमा संस्थानको एक करोड २ लाख रुपैयाँ छ ।

(रकम रु‍ हजारमा)

जीवन बीमा कम्पनीको मुनाफा एक्चुरियल मूल्याङ्कन पछि तयार हुने लेखापरीक्षण पश्चात मात्रै तय हुन्छ । त्यसैले त्रैमाशिक अवधिमा सार्वजनिक वित्तीय विवरणको मुनाफाले खासै अर्थ राख्दैन । जीवन बीमा कम्पनी बीमितहरुको बीमा शुल्कबाटै सञ्चालन हुन्छन् । बीमितको ठुलो रकम परिचालन गर्नु पर्ने हुँदा जुनसुकै काम गर्दा पनि संबेदनशिल हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS