IME Life New

व्याजदर नबढाउने भद्र सहमति पछि बाणिज्य बैंकहरुको व्याजदर स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले चैत महिनाका लागि व्याजदर नबढाउने भद्र सहमति गरेका छन् । फागुन महिनाका लागि व्याजदर बढाएका बैंकहरुले चैतमा तरलता बढ्ने अनुमान गर्दै व्याजदर नबढाउने सहमति गरेका हुन् ।

सोही अनुसार आज प्रकाशित व्याजदरमा कुनै पनि फेरबदल गरेका छैनन् । बैंकहरुले फागुन महिनामा तीन देखि एक वर्ष अवधिको मुद्दती निक्षेपको व्याजदर ११.०३ प्रतिशतसम्म दिएका थिए गत फागुनमा व्याजदर बढाउदा पनि निक्षेप नबढेकाले उनिहरुले चैत महिनाका लागि व्याजदर नबढाउने निर्णय गरेका हुन् ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले मंसिर पुस माघमा व्याजदर बढाउनका लागि केहि अंकुस लगाए पनि प्रणालीमा निक्षेप तरलता अभाव थप चुलिए पछि फागुन महिनामा चुप लागेको थियो । सामान्यतया चैतदेखि बैंकिङ प्रणालीमा निक्षेप बढ्ने गरेको ट्रेण्ड छ । यहि ट्रेण्डलाई मध्यनजर गर्दै नेपाल बैंकर्स संघले व्याजदर नबढाउने विषयमा गत शुक्रवार छलफल गरेको थियो । सोहि छलफल पछि बैंकहरु विचमा व्याजदर नबढाउने भद्र सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS