IME Life New

व्यवसायीले आन्दाेलन फिर्ता लिएपछि बैंकर्सलाई तत्कालका लागी राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । ब्याज दर वृद्धिविरुद्ध आन्दाेलनमा हाेमिएका व्यवसायीले आन्दाेलन स्थगित गरेपछि बै‌ंकरहरूले सुरक्षित महशुस गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएकाे वार्तापछि व्यवसायीले ब्याजदर घटाउने सहमतिमा आन्दाेलन फिर्ता लिएका हुन् ।

आर्थिक मन्दीका कारण व्यापार ओरालाे लागेका बेला बैंक तथा वित्तीय संस्थाले कर्जाकाे ब्याज दर वृद्धि गर्दा तिर्न नसक्ने अवस्था आएकाे भन्दै राहतकाे माग सहित व्यवसायीले देशव्यापी आन्दाेलन शुरु गरेका थिए । बैंक तथा वित्तीय संस्थाले राहत दिनुकाे साटाे धराैटीवापतकाे सम्पत्ति लिलाल बिक्रीकाे सूचना प्रकाशन गरेर थप आहत दिएकाे भन्दै आक्राेशित व्यवसायीले देशव्यापीरुपमा शान्तिपूर्ण आन्दाेलन छेडेका थिए ।

Esewa
Crest

आन्दाेलन अराजक हुँदा बै‌ंक तथा वित्तीय संस्थाकाे सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने भन्दै चिन्तित बैंकरले संस्थागतरूपमा नै सरकारसँग सुरक्षाकाे लागी गुहार लगाउनु परेकाे थियाे ।

पछिल्लाे समयमा लघुवित्तले समेत अचाक्ली महँगाे ब्याज लिएकाे भन्दै नेपाल राष्ट्र बैंकले अधिकत्तम ब्याज दरकाे सीमा ताेकि दिएपछि लघुवित्त संचालककाे उक्साहटमा लघुवित्तका सेवाग्राहीहरू पनि आन्दाेलनमा उत्रिएका छन् । वाणिज्य बै‌ंकहरूबाट सहुलियत दरमा कर्जा लिएर सीमान्तकृत समुदायकाे उत्थानका लागी लघु कर्जा प्रवाह गर्ने लघुवित्तले चर्काे ब्याज असुलेका कारण हजाराैंकाे उठीबास भएकाे निष्कर्ष सहित राष्ट्र बैंकले ब्याज दरमा अधिकत्तम सीमा ताेक्नुकाे साथै लाभांश वितरणमा समेत सीमा ताेकिदिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS