IME Life New

व्यवसायीलाई अनिवार्य रुपमा व्यवसाय दर्ता तथा नविकरण गर्न ललितपुर महानगरपालिकाको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर महानगरपालिकाले व्यवसाय दर्ता तथा नविकरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । महानगरपालिकाले यस महानगरभित्र संचालित भएका कतिपय व्यवसायीहरुले व्यवसाय दर्ता नै नगरी कारोबार गरेको र नविकरण समेत नगरेको पाइएकाले यस सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी अनिवार्य रुपमा व्यवसाय दर्ता र नविकरण गर्न आग्रह गरेको छ ।

यस सुचनाको प्रतिकुल हुने गरी व्यवसाय संचालन गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने समेत महानगरपालिकाले जनाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ र यस महानगरपालिकाको आर्थिक ऐन २०७९ बमोमि ललितपुर महानगरपालिका वडा नं १ देखि २९ भित्र व्यवसाय संचालन गर्नु पुर्व सम्बन्धीत कार्यालयमा अनिवार्य रुपमा दताृ गरी वार्षिक रुपमा नविकरण गर्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS