IME Life New

व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई नेपाल उद्योग परिसंघको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे। उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका छन्। साथै, सरकारले परिसंघले अघि बढाइरहेको ‘मेक इन नेपाल- स्वदेशी; अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेकोमा धन्यवाद दिँदै सहकार्य गर्ने प्रतिवद्दता जनाए । यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे।

Esewa
Crest

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको रिबोटिङ नेपाल्स इकोनोमि अवधारणा नवनियुक्त मन्त्री समक्ष पेश गरे । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै मन्त्री भण्डारीले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावका लागि धन्यवाद दिए । उनले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । रोजगारीको अभावमा पलायन भैरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउनु आफ्नो महत्वपूर्ण लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव भएको हुँदा परिसंघसंग सहकार्य गरी अघि बढ्ने बताए ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई परिसंघका उपाध्यक्षहरु निर्वाण चौधरी, राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे, राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर तथा परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS