IME Life New

व्यक्तिगत कोरोना बीमामा अनुदान नपाइने, परिवारको सामूहिक बीमा गरे मात्रै ५० प्रतिशत सरकारले व्यहोर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले हिजोबाट जारी गरेको सहुलियतपूर्ण कोरोना बीमा सम्बन्धी मापदण्डमा व्यक्तिगत रुपमा कोरोना बीमा गर्दा नेपाल सरकारले उपलब्ध गराउने ५० प्रतिशत अनुदान नपाउने भएको छ ।

बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले भने, ‘बजेट बक्तव्यमा उल्लेख भएको व्यवस्था अनुसार सिंगो परिवारको कोरोना बीमा गरेको अवस्थामा मात्रै छुट पाइन्छ ।’ बीमा समितिले प्राकृतिक व्यक्ति त्यसमाथि पनि परिवारका सदस्यहरु सबैको बीमा गर्दा मात्रै उक्त छुट पाइने जनाएको छ । व्यक्तिगत रुपमा बीमा गर्दा एक लाख बीमाङ्कको लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने बीमा समितिले जनाएको छ ।

Esewa
Crest

त्यस्तै अनुदान नलिई स्थानीय निकायको सिफारिस बिना नै परिवारको बीमा गर्दा भने चार सय रुपैयाँ छुट लिएर प्रतिव्यक्ति ६०० रुपैयाँमा भने कोरोना बीमा हुनेछ । कोरोना बीमा अन्तर्गत संस्थागत रुपमा सामूहिक बीमा गर्दा पनि ४०० रुपैयाँ छुट पाई ६०० रुपैयाँ शुल्कमा जोखिम बहन हुने पुरानो पोलिसी पनि यथावत रहने जनाएको छ । बीमा समितिले हिजो जारी गरेको मापदण्ड नयाँ अनुदान र निःशुल्क बीमाको व्यवस्थाको लागि भएको जनाएको छ ।

सहुलियतपूर्ण अनुदान पाउने कोरोना बीमाको समयअवधी २०७८ असार मसान्तसम्म कायम गरिएको बीमा समितिले जनाएको छ । त्यसैगरी, सरकारी अनुदान सुविधा एक पटकका लागि मात्रै भएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS