IME Life New

वैशाखसम्म करिब २० करोड सहुलियतपूर्ण कर्जा स्वीकृत, ब्याज अनुदान सवा २ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म सहुलियतपूर्ण कर्जाका लागि करिब २० करोड रुपैयाँ स्वीकृत भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि १९ करोड ८९ लाख ८७ हजार ४० रुपैयाँ स्वीकृत भएको छ। यो कर्जा सबै प्रकारका बैंक तथा वित्तीय संस्थाबाट १ लाख २६ हजार १९१ ऋणका लागि स्वीकृत भएको छ।

Esewa
Crest

स्वीकृत भएकोमध्ये १३ करोड ८७ लाख ६ हजार ७६४ रुपैयाँ कर्जा प्रवाह हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।

सहुलियतपूर्ण कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ रहेको छ। कुल ४९ हजार ६३ ऋणका लागि ११ करोड ८८ लाख ७ हजार ३४४ रुपैयाँ कर्जा स्वीकृत भएको छ। जसमा बिनाधितोको ३५ लाख ८४ हजार ८६४ रुपैयाँ र धितोसहित ११ करोड ५२ लाख २२ हजार ४८० रुपैयाँ रहेको छ।

त्यस्तै धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फ स्वीकृत भएको छ। जसअन्तर्गत ७४ हजार ९४२ ऋणका लागि ७ करोड ७५ लाख १३ हजार १२६ रुपैयाँ स्वीकृत भएको छ।

वैशाखसम्म कुल स्वीकृत सहुलियतपूर्ण कर्जाका लागि २ करोड २३ लाख ९० हजार ८१६.०९ रुपैयाँ ब्याज अनुदान दिइएको छ।

Interest-subsidized-loan-to-be-published-Baisakh-2081

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS