IME Life New

वैदेशिक रोजगार बीमा बापत सवा दुई अर्ब आम्दानी, सूर्या लाईफ बन्यो पहिलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०७५।७६ मा वैदेशिक रोजगारीमा बीमा मार्फत जीवन बीमा कम्पनीहरूले दुई अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार असारमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा ५१ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । असार मसान्तसम्ममा कम्पनीले ३९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । समितिको तथ्याङक अनसुार कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा ३५ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, नयाँ जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहदै आएको युनियन लाईफ इन्स्योरेन्स बैदेशिक रोजगार बीमा शुल्कको आधारमा चौथौ स्थानमा पर्न सफल भएको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा ३० करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

रिलायवल लाईफले २० करोड ८३ लाख रुपैयाँ, सिटिजन लाईफले २० करोड ३० लाख रुपैयाँ, नेपाल लाईफले १८ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाईफले चार करोड ८५ लाख रुपैयाँ, गुराँस लाईफले चार लाख ७ हजार रुपैयाँ, सानिमा लाईफले दुई लाख ३६ हजार रुपैयाँ, एशियन लाईफले एक करोड १० लाख, प्रभु लाईफले ८४ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको अन्त्यसम्ममा ७१ लाख रुपैयाँ वैदेशिक रोजगार बीमा माार्फत बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

हाल संचालमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये चार वटाले वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा समावेश भएका छैनन् । जसमा एलआईसी नेपाल, अमेरिकन लाइफ, आइएमई लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS