IME Life New

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने उच्च दक्ष श्रमिकको संख्यामा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष जनशक्तिको संख्या बढ्दै गएको छ। अदक्ष कामदारको बाहुल्यता रहँदा श्रमिकले उचित पारिश्रमिक नपाउने र जोखिम पनि अधिक हुने भएकाले दक्ष जनशक्तिको गमन श्रमिक र राष्ट्र दुबैका लागि हितकर हुन्छ।

वैदेशिक रोजगार विभागले प्रकाशन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर बाहिरिएकामध्ये ८० प्रतिशत जनशक्ति कुनै न कुनै सीप भएका जनशक्ति थिए। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ७३.७३ प्रतिशत जनशक्तिमात्र दक्ष थिए।

Esewa
Crest

विभागका अनुसार वैदेशिक रोजगारीमा विदेशिएका महिला जनशक्तिमध्ये अदक्ष महिलाको संख्या गत आवमा २८ प्रतिशत थियो। अघिल्लो आवको तुलनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ११.१४ प्रतिशतले बढे पनि अदक्ष महिलाको संख्या भने २ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका ८० हजार १७२ महिलामध्ये उच्च दक्ष, व्यावसायिक, अर्धदक्ष र दक्षसमेत गरी कुनै न कुनै दक्षता भएका ५७ हजार ४७९ महिला छन्। यसैगरी कुल ६ लाख ६१ हजार १२५ पुरुष श्रमिकले श्रम स्वीकृति लिएकोमा ५ लाख ३८ हजार २७१ जना कुनै न कुनै दक्षता हासिल गरेका श्रमिक हुन्।

वैदेशिक रोजगारमा गएका पुरुष श्रमिकमध्ये अदक्ष श्रमिकको संख्या आव २०८०।८१ मा १९ प्रतिशत थियो। अघिल्लो आव २०७९।८० मा श्रम स्वीकृति लिएका पुरुषमध्ये २६ प्रतिशत पुरुष अदक्ष रहेकामा गत आवमा अदक्ष कामदारको प्रतिशत घटेको छ।

उच्च दक्षता भएका श्रम शक्तिको पलायन पनि ह्वात्तै बढेको छ। अघिल्लो आवमा ३० महिलासहित जम्मा २५७ उच्च दक्ष जनशक्तिले श्रम स्वीकृति लिएकोमा गत आवमा ७३२ उच्च दक्ष जनशक्तिले स्वीकृति लिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS