IME Life New

वैदेशिक राेजगारीमा ज्यान गुमाएका श्रमिककाे परिवार ठग्ने गिराेहका सात जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं ।  वैदेशिक राेजगारीमा ज्यान गुमाएका श्रमिककाे परिवारजनलाई बीमा दाबीवापतकाे रकम दिलाई दिने भन्दै ठगी धन्दामा स‌ंलग्न रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। ठगीकाे आराेपमा पक्राउ पर्नेमा वैदेशिक राेजगार बाेर्डका नायब सुब्बा पशुपति अधिकारी सहित ७ जना रहेका छन् ।

काठमाण्डाै‌ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् ठगीमा स‌ंलग्न नासु अधिकारी सहित सात जनालाई सार्वजनिक गरेकाे हाे । पक्राउ पर्ने अन्य ६ जनामा काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भनिने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि छन् ।

Esewa
Crest

उनीहरुले कम्तीमा ३५ जना पीडित परिवारलाई ठगी गरेकाे प्रहरीकाे दाबी छ। पीडित मध्येका विनाेद कुमार लम्सालले मृत्यु दाबीवापत प्राप्त रकमकाे ज्यादै थाेरै अ‌ंश मात्र दिएर बाँकी सबै रकम उनीहरुले नै लिएकाे गुनासाे गरे ।

पक्राउ परेका आराेपितले मृतक श्रमिककाे परिवारजनसँग मृत्यु दाबीका लागी आवश्यक कागज पत्र स‌ंकलन गर्ने र बीमा दाबीवापतकाे रकम प्राप्त भएपछि पचास प्रतिशत रकम आफूले कमिशनवापत लिने गरेकाे गुनासाे सहित जानकारी आएपछि प्रहरीले उनीहरुविरुद्ध विशेष अभियान स‌ंचालन गरेकाे हाे । पक्राउ परेकाहरूकाे साथबाट मृतक श्रमिककाे राहदानी, नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, स्थानीय तहले जारी गरेकाे नाता प्रमाणलगायतकाे कागजपत्र बराम भएकाे प्रहरीले जानकारी दिएकाे छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका श्रमिकहरुकाे करार अवधि भित्रै वा करार अवधि समाप्त भएको एक वर्ष भित्रमा नेपाल वा विदेशी भूमीमा जुनसुकै कारणले मृत्यु भएमा मृत्यु भएको मितिले एक वर्ष भित्रमा वैदेशिक राेजगार बाेर्डकाे सचिवालयमा निवेदन दिएकाे अवस्थामा नजिकको हकदारले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने प्रावधान छ ।

यसैगरी रोजगारीकाे क्रममा अंगभंग भएकाे अवस्थामा उपचार खर्च वा क्षतिपूर्तीवापत ७ हजार रुपैयाँ देखि ७ लाख रुपैयाँसम्म काेषले क्षतिपूर्ति दिने गरेकाे छ। अंगभंग वा मृत्यु भएका कामदारको परिवारमा बालबच्चालाई शिशु देखि उच्च माथि तहसम्म  निःशुल्क छात्रवृत्ति सहायता समेत उपलब्ध गराउँदै आएकाे छ।

बिरामी भएमा स्वास्थ्य उपचारको समस्या भएर फर्किएका श्रमिकको हकमा नेपालमा उपचार खर्च पनि बढिमा ७ लाख रुपैयाँ दिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS