IME Life New

वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबमा आवद्ध सदस्यको परिवारलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.को वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिए र मृत्यु भएका सदस्यलाई मृत्यु भएपछि कम्पनीले पाँच लाख आर्थिक सहयोग गरेको छ।

गत जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौ बहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षिय बोम बहादुर मल्ल , उनकी श्रीमती र छोरा गरी तिन जनाको घटनास्थलमै मुत्यु भएको थियो।सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया बीमा बापतको रकम हस्तान्त्रण गरेको हो ।

Esewa
Crest

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जि.सी.ले मृतककी छोरी कुमारी मल्ललाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.ले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बीमा योजना अगाडी बढाएको छ।

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणक्रर्मीहरुलाई“एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर बीमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS