IME Life New

वुहान ल्याबबाट फेरि आयो नराम्रो खबर, कोरोनापछि फेला पर्यो अर्को नयाँ भाइरस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ वैज्ञानिकले चमेरोमा अर्को नयाँ कोरोनाभाइरस पत्ता लगाएका छन्। यो भाइरस मानिसमा पनि फैलिन सक्छ।

हङकङको एक पत्रिकामा प्रकाशित समाचारबाट यो जानकारी प्राप्त भएको हो। यो खोज वुहानको एउटा प्रयोगशालामा गरिएको थियो। जहाँबाट कोभिड–१९ फैलिएको बताइएको छ। त्यस प्रयोगशालाको वैज्ञानिक शी झेंगलीले यो खोजको नेतृत्व गरेकी छन्।

Esewa
Crest

शी झेंगलीलाई ‘ब्याट वुमन’ पनि भनिन्छ। किनकि उनी चमेरोबाट फैलिने भाइरसमाथि अनुसन्धान गर्छिन्। शी झेंगली र चिनियाँ सरकार दुवैले कोभिड–१९ वुहानको प्रयोगशालाबाट फैलिएको कुरालाई अस्वीकार गर्छन्।

यो नयाँ भाइरस एचकेयू५ नामको भाइरसको बदलिएकारु रुप हो। यो भाइरस पहिलो पटक हङकङमा जापानिज पिपिस्ट्रेल नामको चमेरोमा भेटिएको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो नयाँ भाइरस ‘मेरबेकोभाइरस’ नामक भाइरसको परिवारसँग सम्बन्धित छ। ‘मर्स’ रोग लाग्ने भाइरस पनि यही परिवारमा छ। ‘सेल’ नामक जर्नलमा प्रकाशित अनुसन्धान पत्रमा शी झेंगली र उनको टोलीले एचकेयू५ भाइरसको नयाँ रुप (वंश २) फेला पारेको लेखेका छन्। यो भाइरस चमेरो र मानिसबीच मात्र नभई अन्य जनावरमा पनि फैलिन सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS