IME Life New

विश्व हवाई बीमा बजारकाे आकार आगामी सातवर्षमा झण्डै रु. ८ खर्ब पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बजार अनुसन्धान कम्पनी एनएनएस इनसाइडरद्वारा हवाई उड्ययन बीमाकाे बजार सन् २०३० सम्ममा ६ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएकाे छ। हवाई उड्ययन बीमाकाे बजार सन् २०२२ मा ३.६ अर्ब अमेरिकी डलरबाट वार्षिक ५.८ प्रतिशत दरले चक्रवर्तीरूपमा वृद्धि हुँदै सन् २०३० मा ६.०६ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएकाे हाे ।

हवाई उड्ययन बीमा अन्तर्गत हवाई जहाजकाे बीमा, यात्रुकाे बीमा, चालक दलका सदस्यकाे बीमा, विमानले बाेक्ने मालसामानकाे बीमा गरिएकाे हुन्छ। बीमा गरिएकाे जाेखिमका कारण विमान कम्पनीलाई कुनै क्षति पुग्न गएकाे अवस्थामा बीमा कम्पनीले क्षतिपूर्ती भुक्तानी गर्छ।

Esewa
Crest

काेराेना महामारी नियन्त्रणमा आएपछि विश्व बजारमा हवाई उडानमा वृद्धिसँगै यसबाट हुने बीमाकाे काराेबारमा समेत उल्लेख्य वृद्धि भएकाले भविष्यमा हवाई सेवाकाे वृद्धिसँगै बीमा सुरक्षाकाे पनि माग बढ्ने अनुमान गरिएकाे छ।

पछिल्लाे समयमा रुस र युक्रेनबीचकाे जारी यूद्धकाे बाछिटाका कारण विश्वव्यापीरुपमा फैलिएकाे मन्दीकाे प्रभाव उड्ययन क्षेत्रमा समेत पर्न सक्ने जाेखिम उच्च रहेकाे छ । यसले हवाई बीमाकाे बजारमा प्रभाव पारेर मागमा कमी, बीमाशुल्क आम्दानीमा गिरावट, विमान कम्पनी टाट पल्टिन सक्ने बढ्दो जोखिम, र नियामक नीतिहरूमा परिवर्तनका कारण जाेखिम निम्त्याउन सक्छ।

बजार अनुसन्धान प्रतिवेदनका अनुसार, उत्तरी अमेरिकाले आगामी वर्षमा विमान बीमा बजारमा हावी हुने अपेक्षा गरिएको छ। बजारमा उत्तरी अमेरिकाको प्रभुत्वको एक प्राथमिक कारण यस क्षेत्रमा ठूलो संख्यामा विमान मालिक र स‌ंचालकहरूकाे उपस्थिति हो। संयुक्त राज्य अमेरिका, विशेष गरी, संसारमा व्यवसायीक र निजी विमानको सबैभन्दा ठूलो जत्था भएकाे मुलुकमध्ये एक हाे। यही विशेषताले जाेखिम बहनका लागी बीमाकाे माग सिर्जना गरेकाे ।

एशियाली मुलुकमा पनि विमान सेवाकाे बजार बढ्दैछः

दक्षिण एशियाली छिमेकी मुलुक भारतकाे उड्ययन सेवा प्रदायक एयर इण्डियाले ५ सय भन्दा बढी नयाँ विमान खरिद गर्दैछ । एयर इण्डियाले विश्वभर उड्ययन सेवा बिस्तारका लागी एयर बससँग २५० वटा र बोइङ कम्पनीसँग २९० वटा नयाँ विमान खरिदका लागी सम्झाैता गरिसकेकाे छ।

यसैगरी साउदी अरब र विमान उत्पादक विश्व प्रसिद्ध कम्पनी बोइङबीच ३७ अर्ब डलरको खरिदबिक्री सम्झौता भएको छ। याे सम्झाैता अन्तर्गत बाेइङले साउदी अरबलाई १२१ वटा बोइङ विमान आपूर्ती गर्नेछ। श्राेतःएजेन्सीहरू

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS