IME Life New

विश्व शेयर बजार क्र्यास हुने यी प्रसिद्ध लेखकको चेतावनी, सुन-चाँदी र बिटक्वाइनमा लगानी गर्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विश्वका शेयर बजारमा निकै उथलपुथल भएको छ। धेरै देशमा घरजग्गा कारोबारको अवस्था उस्तै छ। चीन यसको उदाहरण हो। यस्तो अवस्थामा के गर्ने ? आर्थिक रुपमा बलियो रहन कुन रणनीति अपनाउने ? बैंकमा पैसा राख्दा सुरक्षित र फाइदा हुन्छ ? प्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’का लेखक रोबर्ट टी कियोसाकीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा बढ्दो खतराको बारेमा चेतावनी दिएका छन् र एकपटक फेरि सुन, चाँदी र बिटक्वाइनलाई खराब समयमा सहयोगी रुपमा लिन भनेका छन्।

कयोसाकीले प्रायः सामाजिक सञ्जालमार्फत मानिसहरुलाई लगानीका लागि सल्लाह दिन्छन्। उनका प्रायः सल्लाह सुन र चाँदीमा लगानी गर्ने रहन्छ। फेरि एकपटक आफ्नो आधिकारिक ट्विटर (एक्स) मा एउटा पोस्टमा उनले मानिसहरुलाई तिनीहरुमा लगानी गर्न आग्रह गरेका छन्। उनले आफ्नो पछिल्लो पोस्टमा लेखेका छन्, ‘शेयर बजारमा त्रास देखिन थालेको छ। यसको मतलब सबैलाई थाहा छ जब स्टक, बन्ड वा घरजग्गा बजारहरु क्र्यास हुँदैछन्।

Esewa
Crest

शेयर बजारबाहेक कियोसाकीले आफ्नो पोस्टमा बैंकका बारेमा थप लेखेका छन्, ‘बैंकहरुमा आतंक अदृश्य मोडमा हुन्छ। यसको अर्थ अधिकांशलाई आफ्नो बैंक कहिले टाँट भयो भन्ने थाहा हुँदैन। यसका लागि अमेरिकामा एफडीआईसी इन्स्योरेन्स छ, जसले बैंक टाँट पल्टेमा ग्राहकको २ लाख ५० हजार डलरसम्मको बचत सुरक्षित छ। अनि किन जोखिम मोल्ने ?’

बैंकहरुलाई पुँजी बजारका बारेमा चेतावनी दिँदै कियोसाकीले थप लेखेका छन्, ‘किन जोखिम लिने? बैंकिङ प्रणालीबाट आफ्नो पैसा निकालेर सुन, चाँदी र बिटकोइनमा लगाउनुहोस्। स्मार्ट लगानी बन्नुहोस्।’

कियोसाकीको यो पहिलो पोस्ट होइन, जसमा उनले मानिसहरुलाई सुन–चाँदी र बिटक्वाइनमा लगानी गर्न सल्लाह दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS