IME Life New

विश्व वित्तीय सप्ताहः प्रभु क्यापिटलले अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक अन्तर कलेज वित्तिय क्विज प्रतियोगिता–२०२२ आयोजना गर्ने भएको छ । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ ।

क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार विहान १० बजेबाट सिंहदरबार प्लाजा स्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । यसक्रममा १५ वटा कलेजलाई ५/५ वटाका दरले तीन टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गरिनेछ । पहिलो राउण्डमा प्रथम तथा दोश्रो हुने २/२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ ।

Esewa
Crest

प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसैगरी दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।

यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपालको बैंकिंग तथा वित्तीय संस्था तथा यसको नियामक निकाय नेपाल राष्ट्र बैंक, वर्तमान वित्तिय प्रणाली, अर्थतन्त्र र बजेट, पूँजी बजार, बीमा, लगानी व्यवस्थापन, वर्तमान समयमा वित्त सम्बन्धी जल्दाबल्दा विषयहरुका साथै मर्चेन्ट बैंकिंग, रेटिंग, नेप्से तथा नेपाली पूँजी बजारका विभिन्न सहभागीहरुका बारेमा प्रश्न उत्तरको माध्यमबाट सहभागी प्रतियोगी विद्यार्थीहरुका साथै प्रतियोगिता हेर्ने अन्य विद्यार्थीहरुमा वित्तिय साक्षरता अभिवृद्धि हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS