IME Life New

विश्व वित्तिय सप्ताहको अवसरमा प्रभु क्यापिटलले सम्पन्न गर्यो इन्टर कलेज फाइनान्सियल क्विज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइरहेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक इन्टर कलेज फाइनान्सियल क्विज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक  मुक्तिनाथ सापकोटा  तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली विशेष अतिथिको रुपमा उपस्थित रहेको थियो ।

Esewa
Crest

कार्यक्रमको सभापतित्व प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले गरेका थिए । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराई उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा कूल १२५ अंक सहित काठमाण्डौ युनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंक सहित साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेश्रोमा ७५ अंक सहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सहि उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो ।

प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट गरिएको छ । दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । त्यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS