IME Life New

विश्व क्रिप्टो बजारमा फेरि अर्को ठूलो चोरी, ह्याकरद्वारा २ खर्बको इथरियम गायब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व क्रिप्टो बजारमा फेरि अर्को ठूलो चोरीको घटना सार्वजनिक भएको छ। क्रिप्टोकरेन्सी एक्सचेन्ज बायबिटबाट १.५ अर्ब अमेरिकी डलर (लगभग २ खर्ब ८ अर्ब रुपैयाँ) बराबरको डिजिटल करेन्सी गायब भएको हो।

यो इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरीमध्ये एक हो। यसअघि भारतीय क्रिप्टोकरेन्सी वजिरएक्सबाट पनि भारु २ हजार करोडबराबरको चोरी भएको थियो।

Esewa
Crest

कम्पनीका सीईओ बेन झोउले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमार्फत यस चोरीको जानकारी दिएका छन्। उनले भने छन्, ‘ह्याकरले बायबिटको एक अफलाइन इथेरियम वालेट कब्जा गर्यो। त्यसपछि धेरै लेनदेन गरेर पैसा लुट्यो।’

बिटक्वाइनपछि इथेरियम विश्वको दोस्रो सबैभन्दा महँगो क्रिप्टोकरेन्सी हो।

बेन झोउले बाइबिटको हट वालेट, न्यानो वालेट र अन्य सबै अफलाइन वालेटहरु सुरक्षित रहेको पनि बताए। रकम झिक्ने काम पनि सामान्य रुपमा चलिरहेको छ। बायबिट एक क्रिप्टोकरेन्सी एक्सचेन्ज हो। जसको विश्वभर ६ करोडभन्दा बढी प्रयोगकर्ता छन्।

यो चोरीपछि बाइबिट प्रयोगकर्ता चिन्तित भएका छन्। कम्पनी टाँट पल्टिने हो कि भन्ने त्रास उनीहरुमा देखिएको छ।

सीएनबीसीको रिपोर्टका अनुसार इलिप्टिक विश्लेषकहरुले यो आक्रमणलाई उत्तर कोरियाको लाजरस समूहसँग जोडेका छन्। यो एक सरकारी ह्याकिङ समूह हो। जुन क्रिप्टोकरेन्सी उद्योगबाट अर्बाैं डलर चोरी गर्न कुख्यात छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS