IME Life New

विश्वस्तरमा झन कमजोर बन्यो नेपालको पासपोर्ट, सबैभन्दा शक्तिशाली कुन देशको ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वस्तरमा नेपालको पासपोर्टको स्तर खस्केको छ। वर्ष २०२५ को सुरुआतमा हेन्ले पासपोर्ट इन्डेक्सले जारी गरेको विश्वका पासपोर्टहरुको सूचीमा नेपालको पासपोर्ट ३ स्थान तल झरेको हो।

वर्ष २०२४ मा नेपालको पासपोर्ट ९८ औँ स्थानमा थियो। वर्ष २०२५ मा झरेर १०१ स्थानमा पुगेको छ। नेपालको पासपोर्टबाट ३९ देशमा भिसा फ्री (बिना भिसा) यात्रा गर्न सकिने हेन्ले इन्डेक्स जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

वर्ष २०२५ मा छिमेकी मुलुक भारतको पासपोर्टको स्तर खस्केर ८५ औँ स्थानमा झरेको छ। अघिल्लो वर्ष भारतको पासपोर्ट ८२ औँ स्थानमा रहेको थियो। भारतको पासपोर्टबाहकले ५७ देशमा बिना भिसा यात्रा गर्न पाउँछन्। यो स्थानमा भारतसँगै नाइगर र इक्वेटोर गुनिया पनि रहेको छ।

विश्वकै ठूलो अर्थतन्त्र र शक्तिशाली मुलुक अमेरिकाको पासपोर्ट पनि एक स्थान तल झर्दै नवौँ स्थानमा रहेको छ। वर्ष २०२३ मा सातौँ स्थानमा रहेकोमा अमेरिको पासपोर्ट वर्ष २०२४ मा आठौँ स्थानमा झरेको थियो। शक्तिशाली पासपोर्टको सूचीको नवौँ स्थानमा अमेरिकासँगै स्टोनिया पनि रहेको छ। यी दुवै मुलुकका पासपोर्टबाट १८७ वटा देश विना भिसा यात्रा गर्न सकिन्छ।

वर्ष २०२५ मा पनि सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको छ। शीर्ष स्थानमा रहेको सिंगापुरको पासपोर्टधारकले विश्वका २२७ गन्तव्यमध्ये १९५ गन्तव्यमा भिसा फ्री यात्रा गर्न सक्छन्।

सिंगापुरपछि जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली पासपोर्ट हो। यो देशको पासपोर्टबाट १९३ देश बिना भिसा यात्रा गर्न सकिन्छ।
तेस्रो स्थानमा फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन छन्। यी देशका पासपोर्टधारकले १९२ देशमा भिसा फ्री यात्रा गर्न पाउँछन्।

अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, लक्जमबर्ग, नेदरल्यान्ड्स, नरवे र स्विडेनको पासपोर्ट चौथो स्थानमा छन्। यी देशको पासपोर्ट बोक्नेले १९१ गन्तव्यमा भिसा फ्री यात्रा छन्।

बेल्जियम, न्युजिल्यान्ड, पोर्चुगल, स्विट्जरल्यान्ड र बेलायत १९० भिसा फ्री गन्तव्यका साथ सूचीमा पाँचौँ स्थानमा छन्।

हेन्ली पासपोर्ट इन्डेक्सले भिसा फ्री प्रवेशका आधारमा मापन गरेर विश्वका पासपोर्टहरुलाई स्थान दिन्छ। अर्थात् जुन देशको पासपोर्ट प्रयोग गरेर भिसा फ्रीमा अधिकांश गन्तव्यमा यात्रा गर्न सकिन्छ, त्यो देशको पासपोर्ट सबैभन्दा शक्तिशाली हुन्छ। यो इन्डेक्स अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्राप्त विशेष तथ्यांकका आधारमा तयार गरिएको हो।

विश्वको सबैभन्दा कमजोर पासपोर्ट आफगानिस्तानको देखिएको छ। सूचीको पुछारमा रहेको यो देशको पोसपोर्ट बोक्नेले २६ वटा देशमा मात्रै भिसा फ्री यात्रा गर्न पाउँछन्।

Henley Passport Index 2025 January Global Ranking

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS